पाकिस्तानमा हिन्दु व्यापारीको गोली हानी हत्या, आन्दोलनकारीले राजमार्ग अवरुद्ध गरे

   २१ माघ २०७८, शुक्रबार १२:११  

लाहौर, २१ माघ । पाकिस्तानको सिन्ध प्रान्तमा यसैसाता प्रभावशाली तत्वहरूले दाहर समुदायसँग सम्बन्धित एक हिन्दू व्यापारीको गोली हानी हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
व्यापारी सतनलालको गोली हानी हत्या भएको छ घोटकी जिल्लाको केही जमिनको लागि उक्त हत्या गरिएको एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गर्यो । हत्याको विरोधमा ठूलो संख्यामा प्रदर्शनकारीले राष्ट्रिय राजमार्ग अवरुद्ध गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै