मिडियाकर्मी माथि दबाब र उत्पीडन

   २१ माघ २०७८, शुक्रबार १२:२४  

यीतेन्द्र
चीनमा मिडियाको स्वतन्त्रता माथि अहिले पनि ग्रहण नै लागेको मान्नु पर्दछ । चीनमा विदेशी सम्वाददाताहरुको क्लब (एफसीसी) को भनाईमा त्यहाँ पत्रकारहरुलाई शारिरीक एवं मानसिक उत्पीडन, हयाकिंग तथा अनलाईन ट्रोलिंग गर्ने गरिन्छ साथै भिसा दिनमा पनि बहाना बनाउने गरिन्छ । चीनमा नै होईन हङकङमा पनि यस्ता घटना हुने गर्दछन् । चीनमा एफसीसीलाई एउटा प्रतिबन्धित संगठन घोषित गरिएको छ ।
बेईजिंग विन्टर ओलम्पिकमा विश्व भरिका मिडियाको ध्यान आकर्षित भई रहेकै वेला चीनले अन्तरराष्ट्रिय मिडियाको विरुद्धमा अभियान चलाएको देखिन्छ । शिनजियाङ्ग प्रान्तमा मानव अधिकार उल्लंघनको मामिला र हङकङमा जारी दमनकारी नीतिका कारण बदनाम भई रहेको चीनको नीतिका कारण कतिपय विदेशी पत्रकारहरुले चीन नै छाडने अवस्था उत्पन्न भएको छ । बीबीसीको एक प्रतिवेदन अनुसार केही पत्रकारहरु आपातकालिन बहाना बनाएर चीनवाट बाहिरिएका हुन् । अष्ट्रेलियाका चेंगली र चीनी नागरिक हेज फैन सित भएको व्यवहारवाट विश्वजगत अवगत नै छ । अन्य विदेशी पत्रकारहरुका पारिवारिक सदस्य पनि त्यहाँ तनावमा नै रहेको प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण एसियाको देश पाकिस्तानमा पनि पत्रकारहरुको अवस्था सन्तोषजनक छैन । स्थानीय समाचार माध्यमको एक प्रतिवेदनका अनुसार सन् २०२१ मा त्यहाँ प्रेस स्वतन्त्रताको अवस्था विगतका वर्षहरुको तुलनामा चिन्ताजनक रहेको पाइएको छ । सिन्धको संधा जिल्लामा पत्रकार मुर्तजा शारलाई गोली हानी हतया गरिएको थियो । पाकिस्तान न्युज पेपर्स एडिटर्स काउन्सिल (सीपी एन ई) को पाकिस्तान मिडिया फ्रिडम रिपोर्टमा बताइए अनुसार अभिव्यक्तिको स्वतन्त्रता र सूचना प्रदान गर्ने मामिलामा पाकिस्तान उद्धार रहेको छैन । स्न २०२१ मा पाँच जना पत्रकारको हत्यालाई यसको उदाहरण मानिन्छ । पत्रकार नाजिम जोखिमोलाई पनि अपहरण गरी हत्या गरिएको थियो अफगानिस्तानको तालिवान शासनमा त पत्रकारहरुको झन दयनीय अवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै