चीनको राजधानी बेइजिङमा हुने शीतकालिन ओलम्पिक खेलको विरोध गर्दै उइघर र तिब्बती नागरिक

393 Shares

बेइजिङ, २२ माघ । चीनको बेइजिङमा शुक्रवार देखि सुरु भएको शीतकालिन ओलम्पिक खेललाई स्थल वरपर उइघर समुदाय र तिब्बती नागरिकहरुद्धारा विरोध प्रदर्शन गरिएका छन् ।
चीनले शीतकालीन बेइजिङ ओलम्पिक २०२२ को तयारी गरिरहेकै समय देखि उइघुर समुदाय र तिब्बती नागरिकले त्यसको विरोधमा प्रदर्शन गरिरहेका हुन् । शीतकालीन ओलम्पिक बहिष्कार गर्नुपर्ने भन्दै चिनियाँ मुस्लिम अल्पसंख्यक उइघुर र तिब्बती नागरिकले विभिन्न क्षेत्रबाट विरोध प्रदर्शन गरेका हुन् ।
उक्त समूहहरुले बल्जियमको डिक्समुडेमा चीन र चीनको शीतकालीन ओलम्पिक विरुद्ध एकसाथ विरोध प्रदर्शन गरेका छन् । चीनले मानवअधिकारको उल्लंघन गर्दै आएकोले बेइजिङ ओलम्पिकको बहिष्कार गर्न विश्वका विभिन्न मुलुकलाई आह्वान समेत गरेका छन् । प्रदर्शनकारीहरुले प्रदर्शनको क्रममा हातमा ब्यानर र पम्प्लेट बोकेका थिए । उइघरहरु आफूले तिब्बती नागरिकसँगको सहकार्यमा सो विरोध कार्यक्रम आयोजना गरेको बताएका छन् ।
मानव जिवन भन्दा बहुमूल्य खेलकुद पदक हुन नसक्ने प्रदर्शनकारीहरुको भनाइ छ । चीनले खेलकुद मार्फत् नरसंहार निम्त्याएको भन्दै त्यसविरुद्ध विश्व जागरुक हुनुपर्ने उनीहरुले बताएका छन् । शीतकालीन बेइजिङ ओलम्पिक फेब्रुअरी ४ देखि राजधानी बेइजिङमा आधिकारिकरुपमा सुरु भईसकेको छ ।

सम्बन्धित समाचार