पाकिस्तानमा अल्पसंख्यक माथि भईरहेको अत्याचारको विरुद्ध इयु संसदद्धारा आलोचना

490 Shares

युरोपेली संसदका सदस्य इमानुएल फ्रेग्कोसले पाकिस्तानमा इसाई, सिख, हिन्दू र अहमदी जस्ता धार्मिक अल्पसंख्यक समुदायहरूको दुर्दशाको कडा शब्दमा आलोचना गरेका छन् ।
युरोपेली संसदका सदस्य इमानुएल फ्राग्कोसले भने कि पाकिस्तानमा अल्पसंख्यकहरू राज्यद्वारा विभिन्न तरिकामा भेदभाव भइरहेको शिकार भईरहेका हुन् । पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरू सामाजिक–आर्थिक, राजनीतिक वा सांस्कृतिक रूपमा सीमान्तकृत भएकाले यस्तो भएको उनले दाबी गरे ।
उनले थपे कि सुन्नी मुस्लिम बहुल पाकिस्तानी समुदायले यी अल्पसंख्यकहरू विरुद्ध संगठित हिंसा, नरसंहार, गैरन्यायिक हत्या, अपहरण, बलात्कार वा जबरजस्ती इस्लाम धर्म परिवर्तन गर्न अन्धाधुन्ध सहारा लिएको छ ।
उनले यो पनि टिप्पणी गरे कि पाकिस्तानमा निन्दा कानूनको घोर दुरुपयोग भइरहेको भइरहेको प्रति विश्व समुदाय चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार