तालिबानले नाईहरुलाई दाह्री काट्ने वा मिलाउन प्रतिबन्ध

   २ फाल्गुन २०७८, सोमबार ०६:२४  

रौतहट, २ फागुन । अफगानिस्तानमा तालिबानले नाईहरूलाई दाह्री काट्ने वा मिलाउने कार्य माथि प्रतिबन्ध लगाएको छ ।
त्यस्ता कार्यबाट इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको हो । उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ ।
राजधानी काबुलका केही नाइहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बीबीसीले उल्लेख गरेको छ । तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउदै आएपनि उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ । गत महिना सत्ता आफ्नो हातमा लिए यता तालिबानले विपक्षी विरुद्ध कडा कारबाही गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै