चीनको हुवाबे कम्पनी विरुद्ध दक्षिण अफ्रिकाको अदालतमा मुद्दा दर्ता

209 Shares

जोहानसवर्ग । दक्षिण अफ्रिकाले चीनको हुवावे टेक्नोलोजी बिरुद्ध अदालतमा मुद्दा हालेको छ। हुवावेको स्थानीय इकाईले दक्षिण अफ्रिकाका स्थानीयलाई काममा राख्ने नियम तोडेको भन्दै जरिवाना गर्न र कम्पनीलाई आफ्नो अभ्यासहरू परिमार्जन गर्न आदेश दिनका लागि अदालतमा आग्रह गरिएको छ।

दक्षिण अफ्रिकाको श्रम विभागले शुक्रबार कम्पनीले ४० प्रतिशतको सीमा तोकेको रोजगार इक्विटी नियमहरू उल्लङ्घन गर्दै करिब ९० प्रतिशत कर्मचारी विदेशी नागरिक भर्ती गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको हो।

विभागले कथित नियम उल्लङ्घनका लागि १ दशमलव ५ मिलियन जार जरिवाना र स्थानीय फर्मको वार्षिक २०२० मा गरिएको कारोबारको २ प्रतिशत जरिवाना माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो।

श्रम विभागका अधिवक्ता फिकिस्वा मनकान्का बेडेले सम्माननीय अदालतलाई उनीहरूले यथास्थितिको समाधान गर्ने रोजगार इक्विटी योजना लागू गर्नुपर्दछ भन्ने आदेश दिनको लागि अनुरोध गरिरहेको जानकारी दिए ।

एउटा संक्षिप्त बयानमा, हुवावे दक्षिण अफ्रिकाले इक्विटी योजनामा विभागसँग थप संलग्नता जारी राख्न प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएको छ। स्थानीय कानून र नियमहरूको पालना गर्न प्रतिबद्ध रहेको समेत जनाईउको छ।

विभागले हुवावेलाई ६० प्रतिशत दक्षिण अफ्रिकी र ४० प्रतिशत विदेशी नागरिकलाई रोजगारी दिने अध्यागमन नियमावलीको प्रावधान अनुसार अनुमति दिइएको बताएको छ। तर, उक्त सहमतिविपरीत हुवावेले विदेशी कामदारको संख्या निकै धेरै बढाएको हो। दक्षिण अफ्रिकी सरकारले चिनियाँ टेक जाइन्ट हुवावेविरुद्ध कानूनी चुनौती दिएको यो पहिलो पटक हो।

हुवावे कम्पनीको उपकरण चिनियाँ सरकारले जासुसीको लागि प्रयोग गर्न सक्ने आरोपमा अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको छ। हुवावे र बेइजिङले बारम्बार आरोप अस्वीकार गर्दै आएका छन्। हुवावेले अमेरिकी प्रतिबन्धका कारण २०२१ को राजस्व झण्डै ३० प्रतिशतले घटेको बताएको छ।

तर, श्रम विभागले जोहानेसबर्गस्थित आफ्नो कारखानामा काम गर्ने अवस्था र मानव बेचबिखनको आरोपमा एउटा सानो चिनियाँ फर्ममाथि कारबाही गरेको भन्दै अदालतमा पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।