zoom cloud meeting download for laptop free - zoom cloud meeting download for laptop free zoom app download free download zoom app zoom download center windows 10 zoom glitch sound download download live transcript zoom

आपसमा मिल्न नसकिने नेपाली कम्युनिस्टहरू

   ३ फाल्गुन २०७८, मंगलवार ०७:५८  

माओवादी नामको त्यो अन्डा कसको हो म जान्दिनँ, तर कोरलेको चाहिँ भारतले नै हो ; त्यसपछि बच्चाले माउ मान्दिएन” : चक्र बाँस्तोला । भारतका लागि नेपालका राजदूत, पूर्व परराष्ट्र, पर्यटन र कृषिमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, कांग्रेसको विदेश विभाग प्रमुख रहिसकेका माओवादी द्वन्द्वका जानकार कांग्रेस नेता स्व. चक्रप्रसाद बाँस्तोलाको यो भनाई गिरिजाप्रसादको निधनबारे ‘नागरिक’ दैनिकले २०६६ चैत्र १९ गते बिहिबार प्रकाशित गरेको १३ दिनको पूण्यस्मृति अंक ‘गिरिजाबाबु’ मा उनले गिरिजाप्रसादबारे विस्तृत रुपमा बोलेको सन्दर्भको एक बुँदा हो । त्यस अंकमा उनले धेरै अवर्णित तथ्यको रहस्योद्घाटन गरेका छन् ।

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

‘नयाँ नेपाल’ बनाउने भन्ने अनेकौं सपना देखाएर मच्चाएको आतंकवादी हिंसाको परिणति यो भयो, कि यसका हर्ताकर्ता नेताहरू नै पाँच दिशामा लागे । आज माओवादी नेताहरू उक्त १० वर्षे आतंकमा गरिएको मानताविरोधी अपराधबाट बच्ने उपायको लागि अनेकौं तिकडम र तिलश्मी घटनाहरू गरिरहेका छन् ।

यो हिंसा मच्चाउने मूख्य नाईके प्रचण्ड र अर्को, माओवादीको मास्टरमाईन्ड (हाल, भगौडा) डा.बाबुराम भट्टराई लगायत गृहमन्त्री बादल आदि चरित्रको वर्तमान सत्ता चालामाला जगजाहेरै छ । ऐतिहासिक दरबार, प्रशासनिक भवन, गाविस भवन, प्रहरी चौकी, अतिरिक्त हुलाक भवन, शिक्षण संस्था, खानेपानी आयोजना, स्थानीय विद्युत केन्द्र, पुल, बैँंक आदि स्थानीय जनजीवनसँग सम्बन्धित सयौं संरचना भत्काइयो ।मुलुकको विकास र सामाजिक पद्धतिलाई ५ दशक पछाडि धकेलिदियो यो आतंकले ।

‘नयाँ नेपाल’ बनाउने भन्ने अनेकौं सपना देखाएर मच्चाएको आतंकवादी हिंसाको परिणति यो भयो, कि यसका हर्ताकर्ता नेताहरू नै पाँच दिशामा लागे । आज माओवादी नेताहरू उक्त १० वर्षे आतंकमा गरिएको मानताविरोधी अपराधबाट बच्ने उपायको लागि अनेकौं तिकडम र तिलश्मी घटनाहरू गरिरहेका छन् ।

नेपाली राजनीतिमा कम्युनिस्ट प्रभाव अधिक छ । संविधानसभामा बापमन्थीहरूको करिब ६२ प्रतिशत उपस्थिति भए पनि विभाजित भएरै रहे । आठवर्षको संविधानसभाको कालमा ४ जना कम्युनिस्ट नेताहरू प्रधानमन्त्री बने । तर चारैजना संविधान जारी गराउने वातावरण जुटाउने संयोजनबाट विफल रहे । ठूला माओवादी र एमाले मात्रै होइन, ‘माक्र्स्वादको खुद्रा पसल चलाएका’ भनिने साना कम्युनिस्ट पार्टीमा पनि गुटबन्दी र कलहको रोग उत्तिकै छ । यीमध्ये सीपी मैनाली लगायतका कतिपय साना कम्युनिस्ट पार्टीका ठूला नेताहरू आजकल राजतन्त्रलाई सकारात्मक दृष्टिकोणले हेर्न थालेका छन् ।

पुष्पलालले चीनमुखी नीति लिए भने तुलसीलाल अमात्य ‘मस्कोपन्थी’ कहलिए । माओवादीमा त प्रचण्ड पक्षले बाबुराम पक्षलाई भारतपरस्त आरोप लगाएकै हुन् । एमालेमा ओली–माधवलाई भारतपक्षीय र झलनाथ खनाल चीनपक्षीय नेताको ट्याग लाग्ने गरेको छ ।

कम्युनिस्ट पार्टीको इतिहासमा आन्तरिक गुटबन्दी र विभाजन निर्णायक हुँदै आएको देखिन्छ । ७२ वर्ष लामो नेपाली कम्युनिस्ट इतिहासमा यदाकदा एकता नभएको होइन, तर बढीजसो यी पार्टीहरू फुटमै रमाउँदै आएका छन् । कम्युनिस्टहरूमा हुर्केको फुटपरस्त चरित्रका पछाडि केही मूलभूत कारणहरू छन् ।

फरक मतलाई निषेधः कम्युनिष्ट पार्टीहरू वैचारिक-सैद्धान्तिक संघर्षलाई आफ्नो मूल चरित्र ठान्छन् । पार्टीले लिने नीति÷विचारको तय आन्तरिक वैचारिक संघर्षको प्रतिफल ठान्छन् । फरक मत भए त्यसलाई संरक्षित गर्नुपर्छ भन्दै ‘दुई लाइन’ संघर्ष भएको स्वीकार्छन् तर व्यवहारमा फरक मतलाई टाउको उठाउन नदिने अलोकतान्त्रिक चरित्र र प्रवृत्ति यिनमा पाइन्छ । जसले गर्दा गुटबन्दी हुर्कने, कलह बढ्ने र अन्ततः पार्टी फुट्ने परिस्थिति आउँछ । आजसम्म यही क्रिया बारम्बार भईरहेको छ ।

व्यक्तित्वको टकरावः मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि, उस्तै उमेर समूह, उस्तै समयमा राजनीतिक यात्रा सुरुलगायतका कारणले एकले अर्कालाई नेता स्वीकार्न नसक्दा यिनमा ’इगो समस्या’ आएको पाइन्छ । आफ्नो स्वार्थका लागि एकले अर्कालाई तेस्रोका विरुद्ध उपभोग गर्ने प्रवृत्तिले झन् ’इगो’ बढाउने गरेको छ । एउटा उदारहण, २०५१ मा एमालेको अल्पमतको सरकार बनेपछि प्रधानमन्त्री मनमोहन अधिकारी महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री र केपी ओली गृहमन्त्री भए ।

अझ २०५० पछि मुलुकमा दुई ध्रुवीय बाम राजनीति चल्दै आएको छ । एउटा ध्रुवमा एमाले छ, अर्कोमा माओवादी । बेलाबखत बाम गठबन्धन र सहकार्यका कुरा उठे पनि आन्तरिक रूपमा अत्यन्त कमजोर हुँदै गएका कारण न यिनले न्यूनतम साझा कार्यक्रम बनाउन सकेका छन् न त राष्ट्रिय राजनीतिमा रहेको बाम प्रभावलाई ‘क्यास’ गर्नै सके ।

नेपालले बामदेव गौतमलाई सन्तुलनमा राख्न विधानमा नभएको उपमहासचिव पद सिर्जना गरेर बनाए । नौ महिनामा सरकार ढलेपछि सत्ताबाट बाहिरिएका ओली–माधवलाई गौतमको बढेको रवाफले निकै पोल्यो र उनलाई ठेगान लगाउन एकाएक उपमहासचिव पद खारेज गरिदिए । आपसी टकरावबाट जन्मिएको त्यही ’इगो’ हुर्कंदै जाँदा २०५४ मा एमाले विभाजन भयो । हिजोआज पनि एमालेभित्र अध्यक्ष ओलीले केही नेताहरूको व्यवस्थापन नगर्दा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बन्यो ।

पदमुखी नेतृत्वः जीवनपर्यन्त पार्टीको मुख्य नेतृत्व नछोड्ने ‘अधिनायकवादी’ चरित्रले बामपन्थीहरूबीच आफैंमा बेमेल बढाएको पाइन्छ ।विगत तीन दशकदेखि माओवादीमा प्रचण्ड हुन् वा चार दशकदेखि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, एकछत्र पार्टी नेतृत्वमै रहेका छन् । आजका सबैजसो कम्युनिस्ट नेताहरू पञ्चायतको प्रतिबन्धित कालदेखि नै पार्टीको माथिल्लो नेतृत्वमा रहँदै आएका छन् ।

सत्तामुखी चरित्रः ०४६ सालपछि कांग्रेसजस्तै कम्युनिस्टहरूमा पनि सत्तामुखी चरित्र विकास भयो । सत्तालाई प्रधान ठान्ने र त्यसका लागि पार्टीमा विभाजन ल्याउनसमेत पछि नपर्ने चरित्र हावी भएका कारण कम्युनिस्टहरूमा कलह बढेर गएको हो ।

बाह्य प्रभावः कम्युनिस्ट पार्टीहरूमा प्रारम्भदेखि नै बाह्य प्रभाव उनीहरूको विभाजन र कहलको कारण बन्दै आएको छ । २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी २०१९ सालसम्म अविभाज्य थियो । तत्कालीन दरबारको प्रभावका कारण केशरजंग रायमाझीको एउटा समूह बन्यो । पुष्पलाल र तुलसीलाल अमात्य पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका कारण अलग्गिए । त्यो बेला अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन ‘रूसपन्थी’ र ‘चीनपन्थी’ मा विभक्त थियो ।

चीनले लिएको नौलो जनवादी विचार लिने कि रूसको ‘राष्ट्रिय प्रजातन्त्र’ अँगाल्ने ? यही सवालमा विवाद र भनाभन बढ्दै गयो । पुष्पलालले चीनमुखी नीति लिए भने तुलसीलाल अमात्य ‘मस्कोपन्थी’ कहलिए । माओवादीमा त प्रचण्ड पक्षले बाबुराम पक्षलाई भारतपरस्त आरोप लगाएकै हुन् । एमालेमा ओली–माधवलाई भारतपक्षीय र झलनाथ खनाल चीनपक्षीय नेताको ट्याग लाग्ने गरेको छ ।

अन्त्यमाः २०१९ सालबाट सुरु भएको विभाजनको रोगले कम्युनिस्ट पार्टीहरूलाई छाडेको छैन । पाँच दशकको यो अवधिमा कम्युनिस्ट घटकहरू जन्मने, एकीकरण हुने र फुट्ने क्रम चलिरहेको छ । ०४६ सालको परिवर्तनपछि अझ २०५० पछि मुलुकमा दुई ध्रुवीय बाम राजनीति चल्दै आएको छ । एउटा ध्रुवमा एमाले छ, अर्कोमा माओवादी । बेलाबखत बाम गठबन्धन र सहकार्यका कुरा उठे पनि आन्तरिक रूपमा अत्यन्त कमजोर हुँदै गएका कारण न यिनले न्यूनतम साझा कार्यक्रम बनाउन सकेका छन् न त राष्ट्रिय राजनीतिमा रहेको बाम प्रभावलाई ‘क्यास’ गर्नै सके ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै