पाकिस्तानी बजारमा डलरको भाउ उकालो लाग्यो

   ७ फाल्गुन २०७८, शनिबार १०:०४  

पाकिस्तानमा अमेरिकी डलरको भाउ अत्यधिक उचाइमा पुगेको छ ।
अमेरिकी डलरको भाउ पाकिस्तानी खुल्ला बजारमा रु १८०.५० को नयाँ उचाईमा पुगेको ह‍ो ।

सोमबार खुल्ला बजारमा अमेरिकी डलरको भाउ ६० पैसाले बढेर नयाँ उचाइ कायम गरेको छ ।

सोमबार खुला बजारमा अन्य मुद्राको भाउ पनि बढेको छ र बेलायती पाउण्डको भाउ ७० पैसाले बढेर रु २ सय ३७ पुगेको छ ।

जबकि इमिराती दिर्हाम पनि पाकिस्तानी रुपैयाँको तुलनामा ४० पैसाले बढेर ५०.३० रुपैयाँ पुगेको छ ।

साउदी रियाल ४७.५५ रुपैयाँमा यथावत रहेको छ भने युरोको भाउ पनि २०१.७० रुपैयाँमा परिवर्तन भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै