पाकिस्तानमा एक हिन्दु शिक्षकलाई आजिवन कारावासको सजाय

   ७ फाल्गुन २०७८, शनिबार १९:०३  

इस्लामावाद । पाकिस्तानको एक अदालतले हिन्दू शिक्षकलाई ईश्वर निन्दा गरेको आरोपमा दोषी ठहर गर्दै आजीवन काराबासको सजाय सुनाएको छ। सिन्ध प्रान्तमा ईश्वर निन्दा गरेको आरोपमा कलेजमा अध्यापन गराउने हिन्दू शिक्षकलाई आजीवन काराबासको सजाय सुनाएको हो।
स्थानीय सञ्‍चारमाध्यमहरुका अनुसार अदालतले दोषी ठहर गरेका ती व्यक्तिलाई ५० हजार जरिवानासमेत तोकेको छ। सरकारी डिग्री कलेजका शिक्षक नौतन लाल सन् २०१९ मा पक्राउ परेका थिए र उनी ट्रायल कैदीका रूपमा कारागारमा थिए।

यस अवधिमा उनको जमानत आवेदन दुई पटक अस्वीकार गरिएको थियो, डेली पाकिस्तानले रिपोर्ट गरेको छ।१४ सेप्टेम्बर २०१९ मा एक भिडियो सोशल मिडियामा शेयर गरेपछि एक विद्यार्थीले ईश्वरनिन्दा गरेको दाबी गरे। उनी ‘ओम’ चिन्ह लगाएको जुत्ता लगाएर मस्जिदमा प्रवेश गर्दै ईश्वर निन्दा गरेको अभियोगमा पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरेको थियो।
सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडीजका अनुसार १९४७ यता पाकिस्तानले देशभर ईश्वर निन्दाको आरोपमा एक हजार ४१५ मामिलाहरू रिपोर्ट गरेको छ।
थिंक ट्यांकको प्रतिवेदनका अनुसार सन् १९४७ देखि २०२१ सम्म कुल १८ महिला र ७१ पुरुषको निन्दा गरेको आरोपमा अदालतबाहिर नै हत्या गरिएको छ। थिंक ट्यांकका अनुसार सबै घटनाहरू रिपोर्ट नहुने भएकाले घटनाको वास्तविक संख्या बढी रहेको अनुमान गरिएको छ।
पाकिस्तानी सञ्‍चारमाध्यम डनका ​​अनुसार ‘वास्तविक संख्या धेरै हो भन्ने विश्वास गरिन्छ’, किनभने सबै ईशनिन्दाका घटनाहरू प्रेसमा रिपोर्ट हुँदैनन्,” रिपोर्टमा भनिएको छ, ७० प्रतिशतभन्दा बढी अभियुक्तहरू पञ्‍जाबबाट रिपोर्ट गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै