एमसीसीलाई विफल पार्न इष्लामिक शक्ति र चिनियाँ सक्रिय

MCC यतिखेर देशमा ठुलो बिबादको बिषय बनेको छ,देशको ठुलो दुई दल नेकपा एमाले र नेपाली काँग्रेस यसको पक्षमा भएपनि सडकमा आफुलाई ठुलो राष्ट्रबादी साबित गर्न र निरन्तर ओरालो लागि रहेको आफ्नो जनमत र बिश्वसनियता लाई थाम्नाका लागि राष्ट्रबादको खोल ओढेर जनतामा mcc बिरुद्ध कपोलकल्पित धारणा पेश गरि भ्रम छर्ने गरि बिरोधको नाटक मँचनले जनतालाई पनि सशँकित बनाएको छ। यहानिर नेपाली जनताले बुझ्नुपर्ने कुरा के हो भने नेपालको बजेटमा ठुलो धनराशि बैदेशिक सहयोगमा आधारित हुन्छ । mcc बिश्वको अनेकौ देशमा लागु छ,के ति देशहरुमा अमेरिकि सेना आएको छ? तेसैगरि बिगतमा हामीले गरेका तमाम बिकासे परियोजनाहरु अरुण तेस्रो ,अपर कर्णाली,मेलाम्ची खानेपानी लगायत परियोजनाहरुकोस्थिति के छ ?परियोजना शुरु नहुँदै करोडौँ को गाडीहरु परियोजनाको नाममा नेताहरु चढिरहेका छन कयौ गाढीहरु त राज्यले पत्ता समेत लगाउन सकेको अवस्था छैन,परियोजना लाई पार्टीको कार्यकर्ता भर्तिकेन्द्र बनाईएको छ परियोजनाहरु समयमा पुरा नगरि त्यसको लागतलाई कयौ गुना बृद्धि गराई भ्रषटाचार गर्न पल्केका नेताहरु अनुकुल mcc मा प्रावधान नरहेको ले पनि यसको बिरोध एउटा कारण हुन सक्छ।mcc लाई त रोक्न सकिएला तर यस्ले देशमा पार्ने दुरगामी असरको बारेमा हामीले सोच्ने कि नाई,यस्ले देशको बिदेशनितिमा कस्तो प्रभाव पार्छ? नेपाल बारे अमेरिका लगायतका युरोपिय युनियन का देशहरुले कस्तो खालको निति लागु गर्छन? सबैलाई थाह भएकै कुरा हो देशको अर्थ ब्यावस्थालाई रेमिट्यान्सले धानेको छ,हामी कुनैपनि क्षेत्रमा आत्मनिर्भर छैनौ।जहा सम्म mcc मा भारतको सहमतिको कुरा हो त्यसबारे पनि भ्रम फैलाईएको छ।mcc को लगानी मुख्यगरि बिघुत ट्रान्समिशन लाइनको लागि गरिने हो खास गरि भारतमा निर्यात गर्नको लागि यहानेर हामीले बुझ्नुपर्ने कुरो के हो भने प्रसारण लाईनको लागि भारतिय भुमिको आवश्यकता पर्छ त्यसको लागि भारतको स्विकृति र सहमति बिना त्यो सम्भव छैन।नेपाली कानुन र निति ब्यक्ति पिछ्छे,नेता पिछ्छे र पार्टी पिछ्छे फरक फरक ब्याख्या हुदै आएको तथ्य हामी कसै सँग लुकेको छैन त्यसकारण अन्ताराष्ट्रिय कानुनको प्रावधान राखिएको छ।त्यसकारण मलाई लाग्छ mcc देशहित मा छ।mccको आढमा देशको बिदेशनितिलाई कमजोर र अबिश्वसनिय नबनाअौ।मैले mcc को बारेमा अध्ययन गरेर पाएको कुरा यिनै हुन र पनि सँगसगै केपनि भन्न चाहन्छु भने जनताको बिरोध खेपेर mcc पास गर्नुको पनि कुनै अौचित्य छैन।बिरोध गरि रहेका दलहरुलाई पनि म के भन्न चाहन्छु भने अाफ्नो साखँ जोगउन देशको भबिष्य सँग खेलवाड नगरौ।लडनु नै छ भने बेरोजगारी सँग लडौ, निशुल्क शिक्षा र स्वास्थयको लागि लडौ,देशको धर्म र सस्ँकृति जोगाउनको लागि लडौ,होली वाईन सस्ँकृतिको बिरुद्ध लडौ,भ्रष्टाचारको बिरुद्ध लडौ नकि सस्तो र सजिलो नारा लगाएर जनतालाई उचाल्ने काम गरौ।
देशमा mcc को बिरुद्ध दुई खालको शक्तिले काम गरि रहेको छ एकातिर कट्टर ईस्लामिक शक्तिहरु छन जो सँधै अमेरिका को बिरोधी हुन्छन भने अर्को तिर आफुलाई बिश्वको १ नम्बर बनाउन आतुर चीन जस्को तीब्र प्रतिस्पर्धी अमेरिका नै हो।हामी कहाँ दुबै खालको शक्तिले प्रत्यक्ष अप्रत्यक्ष रुपले mccको बिरोधमा अहम भुमिका निर्बाह गरिरहेका छन त्यसकारण हामी चनाखो भएर कसैको लागि फुटबाल बन्न आवश्यक छैन।