418
Shares
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सोमबार फेब्रुअरी १७ मा चिनियाँ युद्धपोतद्धारा अष्ट्रेलियन विमानमा लेजर प्रयोग गरेको आरोप लगाउदै छानविनको माग उठाएको छ ।
अष्ट्रेलियन प्रधानमन्त्री मोरिसनले आफ्नो सरकारद्धारा “खतरनाक, अव्यवसायिक र लापरवाह” घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गर्न चिनियाँलाई पठाएको पत्रको कुनै जवाफ नपाएको बताएको हो ।
यसैबीच, चिनियाँ रक्षा मन्त्रालयले लेजर प्रयोग कार्यको बचाउ गर्दै जहाजहरूले अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गरेको स्पष्ट पारेका छन् ।