253
Shares
नयाँ दिल्ली, ११ फागुन । अफगानिस्तानमा खाद्य. संकट भइरहेको र त्यसबाट उत्पन्न असहज परिस्थितिबाट अफगानीलाई जोगाउन खाद्यान्न सामग्री पाकिस्तानको बाटो हुँदै मंगलवार त्यस तर्फ पठाइएको छ ।
भारतले मंगलबार पाकिस्तान हुँदै अफगानिस्तानमा गहुँको पहिलो ढुवानी पठाएको हो । भारतीय सरकारले केही महिना अघि प्रतिबद्धता गरेको ५० हजार मेट्रिक टन गहुँ पठाउने घोषणाको यो पहिलो खेप रहेको छ ।
गत हप्ता भारतले संकटग्रस्त देशलाई २.५ टन चिकित्सा सहायता, हिउँदे लुगाहरू उपलब्ध गराएको थियो । अफगानिस्तान अगस्ट २०२१ मा तालिबानले कब्जा गरेपछि चरम मानवीय संकटबाट गुज्रिरहेको अवस्थामा मानविय सहायताको लागि भारतले सहयोगी हात अघि बढाएको छ ।