खाद्यान्न संकटमा परेका अफगानी नागरिकलाई भारतद्धारा २५ सय मेट्रिक टन गहुँ सहयोग

303 Shares

काबुल । भारतद्धारा खाद्यान्न संकटमा परेको अफगानी नागरिकहरुलाई खाद्यान्न सामग्री आपुर्ती गरेकोमा उनीहरु निकै खुशी भई भारतको खुलेर प्रशंसा गरेको छ ।
अफगानिस्तानका ट्रक चालकहरूले भारतले अफगानिस्तानमा २५०० मेट्रिक टन गहुँ पठाएकोमा भारतको प्रशंसा गरेको हो ।
“भारतले हाम्रा मानिसहरूलाई मद्दत गर्यो, हामी खुसी छौं,” एक अफगान ट्रक चालक, जो अटारी एकीकृत जाँच चौकीमा मानवीय सहायता बोक्न आएका थिए, भने । अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि लाखौं मानिसहरू भोक र खाद्य संकटको सामना गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार