317
Shares
युक्रेन र रुस विच उत्पन्न तनावपूर्ण अवस्थालाई लिएर मडारिरहेको तेश्रो विश्वयुद्धको सम्भावनाका विच रुसले भारतीय तटस्थाको सराहना गरेको छ ।
युक्रेन सँगको रुसको सङ्कटमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको सन्दर्भमा रुसी राजदूत रोमन बाबुस्किनले भने, “भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदमा दुई पटक लिएको स्वतन्त्र स्थितिलाई हामी स्वागत गर्छौं” । बाबुस्किनले थपे, “भारतले एक जिम्मेवार विश्वव्यापी शक्तिको रूपमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ र यसले विश्वव्यापी मामिलामा स्वतन्त्र र सन्तुलित दृष्टिकोण राख्नमा मद्दत पुर्याउँछ ।”