रुस युक्रेन युद्धलाई रोकेर सहजी करण गर्न युक्रेनका राजदूत इगोर पोलिखाले भारत संग गुहार लगाएको छ ।
युक्रेनका राजदूत पोलिखाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्धका बीचमा वार्ता गरेर युद्धलाई रोकी मानविय क्षतिलाई न्यून गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग आग्रह गरेको हो ।
भारतीय प्रधानमन्त्री मोदी विश्वका शक्तिशाली नेताहरूमध्ये एक हो । “मलाई थाहा छैन कि पुटिनले विश्वको कति वटा नेताहरूको कुरा सुन्न सक्छन्, तर मोदीजीको हैसियतले मलाई आशावादी बनाउँछ, उनको बलियो आवाजको मामलामा पुटिनले कम्तिमा पनि सोच्न बाध्य हुनेछ” पोलिखाले थपे ।
प्रधानमन्त्री मोदीले पुटिनसँग तत्काल हिंसा बन्द गर्न आग्रह
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा परिवर्तन भईरहेको घटनाक्रम तथा रुसी आक्रमणबाट भइरहेको क्षतिलाई लिएर कुरा गरेको छ । रुस र नाटो देशहरु बीचको मतभेद इमानदार र निष्कर्ष वार्ताबाट मात्र समाधान गर्न सकिन्छ न कि युद्धबाट भन्ने आफ्नो विश्वास दोहो¥याए, पीएमओले भने ।
प्रधानमन्त्री मोदीले हिंसा तत्काल बन्द गर्न रुसी राष्ट्रपति पुटिन संग अपिल गरेका छन् । उनले पुटिनलाई युक्रेनमा भारतीय नागरिकहरूको सुरक्षाको बारेमा भारतको चिन्ताको बारेमा सचेत गराएको छ ।
भारतको चाणक्य कूटनीति मार्फत युक्रेनले समाधानको मद्दत मागेको छ
रुस सँगको युद्धमा भारतको सहयोगको लागि अनुरोध गर्दै युक्रेनी राजदूत इगोर पोलिखाले बिहीबार भने, “कौटिल्य, चाणक्यको माध्यमबाट भारतले हजारौं वर्षअघि युरोपमा सभ्यता नभएको बेला कूटनीतिमा योग्यता हासिल गरेको स्मरण गराए ।” उनले भने कि भारत एक प्रभावशाली राष्ट्र हो जुन विश्वमा स्थान बनाउन सफल भएको हो र शीतयुद्धको समयमा सिर्जना गरिएको असंलग्न आन्दोलनमा नाम कनाएको नेताको रुपमा रहेको हुँदा संकटको घडिबाट पार लगाउन भारत एक मात्र राष्ट्र हो युक्रेनी राजदूत पोलिखाले भने ।