zoom cloud app meeting pc zoom download zoom cloud pc download download zoom metting zoom app language

कर छली र हवालाको आरोपमा अहमदाबादबाट तीन चिनियाँ नागरिक पक्राउ

   १३ फाल्गुन २०७८, शुक्रबार १३:१४  

नयाँ दिल्ली, १३ फागुन । भारतीय क्राइम ब्रान्चको अहमदाबाद पुलिस डिटेक्शनले कर छली र हवाला घोटालाको आरोपमा चिनियाँ नागरिक सहित तीन जनालाई पक्राउ गरेको छ ।
अहमदाबादमा रहेको प्लाष्टिक इन्जेक्सन मोल्डिङ कम्पनीको काममा अनियमितता फेला परेपछि विदेशी कम्पनीको सहायक कम्पनी रजिस्ट्रार अफ कम्पनीज सँग सूचिकृत भएको प्रहरीले जनाएको हो ।
पक्राउ परेका चिनियाँ नागरिकलाई हिरासतमा राखेर क्राइम ब्रान्च अहमदावादको पुलिसले आवश्यक अनुसन्धान गरिरहेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै