zoom download recording from cloud zoom + download zoom meeting download windows 8 - zoom meeting download windows 8 download free zoom on my laptop zoom teleconference app zoom app online open

८ मार्चलाई अन्तरराष्ट्रिय हिजाब दिवस मनाउने प्रस्ताव

   १६ फाल्गुन २०७८, सोमबार १४:३६  

यीतेन्द्र शर्मा
विश्वकै मुसलमानहरको निम्ति पवित्र एवं आस्थाको केन्द्र मानिएको सउदी अरब जस्तो धार्मिक कट्टरता अपनाउने देशले पनि अब इस्लामीक कानुन (सरिया) को ठाँउमा खुलापनलाई स्वीकार गर्दे गएको र हिजाबको प्रयोगलाई अनिवार्य गर्नबाट रोकिरहेको अवस्थामा पाकिस्तानका मुसलमानहरु हिजबलाई प्रतिस्ठाको विषय बनाउन थालेका हुन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले त झन अनोठो निति नै अख्तियार गर्न थालेको छ । ८ मार्चलाई अन्तरराष्ट्रिय महिला दिवसको रुपमा मनाउने प्रस्ताव भएको छ। अन्र्तराष्ट्रिय महिला दिवसलाई नारी सशक्तीकरण तथा तिनको अधिकारलाई सुनिश्चित गर्ने दिवसको रुपमा मनाउने गरिन्छ तर पाकिस्तान सरकारका एक मन्त्रीले यसलाई “अन्तरराष्ट्रिय हिजाब दिवसको” रुपमा मनाउने प्रस्ताव गरेका छन् । जुन देशबाट हिजाब प्रथाको शुरु भएको थियो त्यसले त आफनो देशशमा खुल्लापन ल्याउदैछ तथा हिजाबको प्रयोग माथिको अनिर्वातालाई समाप्त गरिरहेको छ तर तिनको अनुकरण (नक्कल) गर्नेहरु भने आफनो देशमा यसको नक्कल गर्दैछन । एक्काईसौ शताब्दिमा पनि महिलालाई सश्क्त बनाउन न चाहने, तिनीमाथि भईरहने लैङ्गिक हिंसा तथा उत्पीडनलाई कमगर्न नचाहनेहरुनै हिजाब–बुर्का प्रथाको वकालत गर्दे अन्तरराष्ट्रिय हिजाब दिवस मनाउने घोषण गर्न सक्दछ । पाकिस्तानी महिलाहरुले ८ मार्च को अवसरमा “औरत मार्च” (महिला मार्च) मनाउदै आएका छन । पाकिस्तानको धार्मिक मामिला सम्बन्धी मन्त्री नुरुल हक कादरीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसित ८ मार्चलाई अन्तरराष्ट्रिय हिजाब दिवस घोषण गर्न आग्रह गरेका छन् । उनले दावी गरेका छन कि सन २०१८ देखि नैइश्लामको मान्यता विपरीत प्रत्येक वर्ष औरत मार्च को आयोजन हुदै आएको छ ।
पाकिस्तानी पत्रिका डनमा प्रकाशित अनुसार हालका केही दिन यतादेखि हिजाबको समर्थनमा त्यहाका धार्मिक कटरपन्थीहरु द्धारा प्रदर्शन गर्ने क्रम बढेकोले त्यसवाट लाभ उठाउन मन्त्रीहरुले यस्तो प्रस्ताव गरेका हुन सक्दछन् । लैङ्गिक हिंसा, उत्पीडन र असमानता र अन्यायको पक्षमा विश्वभरिकै महिलाहरु ८ मार्चका दिन विभिन्न किसिमका प्रदर्शन गर्ने गर्दछन तर पाकिस्तानका मन्त्रीले यसलाई इश्लामको विरुद्धमा ठानेको छन् । संयुक्त राष्ट्र संघद्धारा घोषणा गरिएको यस अवसरमा महिलाहरु आÇनो आर्थिक, सामाजिक तथा राजनीतिक उपलब्धिको वारेमा पनि चर्चा गर्दछन् । बेलायतमा पढेका र त्यहाँकी अंग्रेज महिला जेमिना गोल्डस्मिथसित आफनो पहिलो विवाह गरेका पाकिस्तानमा प्रधानमन्त्री इमरान खान धार्मिक परम्परा एवं मान्यतामा बढी विश्वास राख्ने नेताको रुपमा जानिन्छन । खासगरिकन लैङ्गिक उतपीडन तथा माहिलालाई निरुत्साही गर्ने तथा तिनको पोशाकको बारेमा समेत उनको धारणलाई महिला विरोधी मानिन्छ ।
मन्त्री कादरीले प्रधानमन्त्री खानलाई लेखेको पत्रमा अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिने “औरत मार्च” मा कुनै पनि संगठनलाई इश्लामिक मूल्य मान्यता र परम्परा तथा हिजावको वारेमा तथा मुस्लिम भावनालाई आहत पु¥याउने खालको टिप्पणी गर्न नपाइने गरि विधेयक ल्याईउनु पर्ने माग गरेको छन् । यस्ता खाले प्रदर्शनमा महिला सांसद, कुटनीतिज्ञ, नागरिक समाजका अगुवा तथा विभिन्न पेशाकर्मी पनि सहभागी हुने गर्दछन् । अधिकारको नाममा गुण्डागर्दी र बेहुदापन गर्ने छुट प्रदर्शनकारी महिलालाई कुनै पनि हालतमा हुन नसक्ने भन्दै उनले आफनो धारणालाई पाकिस्तानी समाजको सामुहीक भावनाको प्रतिबिम्ब बताएका छन् ।
मन्त्री कादरीको भनाईको कडा विरोध गर्दे सिनेटर शेरी रहमानले मन्त्रीको पत्रलाई अनौठो र महिला विरोधी भएको भन्दै निश्स्त्र महिलाको ¥यालीलाई रोकलगाएर तपाई के पाउनु हुन्छ ? भन्ने प्रति प्रश्न गरेकी छिन् । प्रतिपक्षी पाकिस्तान पिपुलस पार्टी की नेता रहमानले अन्तर राष्ट्रिय माहिला दिवसको अवसरमा पाकिस्तानी महिलाद्धारा आयोजन हुदै आएको महिला मार्च मूलतः समाजमा सचेतना ल्याउने, लैङ्गिक असमानता तथा भेदभावलाई कमगर्न प्रेरितगर्ने अभिप्रायले हुने गर्दछ । महिला स्वतन्त्रता तथा अधिकारलाई संकुचित गर्ने मनसायले ल्याउन खोजिएका यस्ता खाले कानुनले देशको भलो नगर्ने बताएकी छिन् ।संयुक्त राष्ट्रसंघमा पाकिस्तानका पूर्व राजदुत मलिहा लोेधीले पनि मन्त्री कादरीकोे पत्रमाथि निराशा व्यक्त गर्दे यसलाई अविश्वस्नीय तथा दूभाग्यपूर्ण बताएका छन् । विगत चार वर्ष देखि शिक्षित शहरी महिला, मुलधारका राजीतिक पार्टीका नेतृत्वहरु तथा शिक्षावीदहरु औरत मार्च मार्फत समाजमा जनचेतना फैलाउदै आएका छन् ।
प्रत्येक वर्षको औरत मार्चमा नया नारा एवं संक्ल्प गर्ने गरिन्छ , कराची च्यापटरमा पितृत्वसत्ताको र पुरुष हिंंसाको विरोधमा घोषण पत्र जारी गरियो । खासगरिकन लैङ्गिक हिंसा को अन्तय, पितृसत्ताको विरोध, महिलालाई लक्षित गरि हुने हिंसा तथा महिला अधिकारकर्मीमाथिको उत्पीडन, धार्मिक समूहको महिला विरोधी गतिविधि, महिलामाथि हुने गरेको हिंसा तथा उत्पीडनको निशपक्ष छानवीन तथा दोषी माथी कारवाहीको माग लगायतका विषय थिए । यस वाहेक बलात्कारका सिकार महिलाको कुमारीत्वको जाँच, लैङ्गिक भेदभाव तथा हिंसावारे गुनासो लिने कक्षको प्रहरी कार्यालयहरुमा स्थापना तथा लैङ्गिक उत्पीडनको अन्तय जस्ता विषय थिए । लाहौर घोषण पत्रमा स्वास्थ कार्यकर्ता तथा महिलाहरुको स्वास्थ्यको वारेमा विभिन्न प्रस्तावहरु पारित भए, सरकारी आधारभूत आवश्यकताहरुको पूर्ति हुनु पर्ने शारिरीक र मानसिक रुपले पनि महिलाहरुलाई आत्म निर्भर एवं स्वावलम्बी बनाउनका लागी आवश्यक पूर्वाधारको व्यवस्था तथा तिनको अधिकारको रक्षाका विषयमा प्रस्ताव पारित भएका थिए । गत वर्ष लाहौरमा आयोजित ¥यालीमा महिलाहरुले पितृसत्ताको अन्तय गरौ भन्ने नारा लेखिएको कपडाका प्लेकार्ड देखाएका थिए । यस्ता नारा लेखिएका कपडाहरु विजुलीका पोल तथा गली गली रचोकहरुमा पनि झुण्डयाइएका थिए । अन्तराष्ट्रिय महिला दिवसलाई अन्र राष्ट्रिय हिजाब दिवस को रुपमा परिवर्तन गर्ने सोच रुढीवादी एवं धार्मिक अतिवादको पराकास्ठा हो । विश्व आर्थिक मंचको विश्व व्यापी लैङ्गिक असामानता २०२१ को प्रतिवेदन अनुसार १५६ राष्ट्रहरु मध्ये लैङ्गिक असमानताको मामिलामा पाकिस्ताको स्थान १५३ रहेको छ । प्रतिवेदन अनुसार पाकिस्तानमा महिलालाई समानताको अधिकार प्राप्त रहेको छैन । खास गरिकन न्याय, जग्गको स्वामित्व तथा गैर आर्थिक सम्पतिहरुमा इमरान खानले नेतृत्व सरकार अस्तित्वमा आए यताको करिव ४ वर्षमा यो फोटो झन बढेको छ । सन २०१६ मा यो आकडा १५१ ओ सूचिमा थियो । तर पनि पाकिस्तानका मन्त्री हिजाब दिवस मनाउन खोजेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै