join zoom meeting online id zoom app download free windows 10 64 bit blur zoom download free zoom download windows zoom app crashes

शिनजिआंगमा जनसंख्यिक विस्थापन उपनिवेशवाद

   १८ फाल्गुन २०७८, बुधबार १५:५३  

यीतेन्द्र शर्मा
चिनिया सरकारले १.८ मिलियन उईगर नागरिकलाई विगत ५ वर्ष देखी सामुहीक हिरासत केन्द्रमा राखेर तथा व्यहाँ बहुसंख्यक हान जातिको आप्रवासनलाई बदाबा दिएर जनसंख्यिक विस्थापन उपनिवेशवादलाई स्थापना गर्ने प्रयास भईरहेको आरोप एक जना मानवविडान शास्त्रीको रहेको छ । चिनले शिवजिआंग उईगर स्वायत क्षेत्रको प्राकृतिक स्रोत एवं साधनको दोहन समेत गरिरहेको आरोप लगाईएको छ ।
रेडियो फ्रि एशियाका लागि लेख्दैनरीमन अबदुल रसिदले क्यानडाको सिमोन फ्रेजर विशविधालयमा कार्यरत अन्तरराष्ट्रिय मामिला सम्बन्धि सहायक प्राध्यापक तथा मानवविज्ञान शास्त्री डेरेन बायलेरको शिनजियाङ सम्बन्धि पुस्तक टेरर क्याप्टेलिज्नू (आतंक पुंजीबाद) लाई उदयुत गर्दै शिनजियाङ्गका जनताको मार्मिक पीडा एवं अवस्थाको चित्रण गरेका छन । आतंक पुजीवादू एउटा यस्तो प्रणाली हो जसमा वृथित विकास तथा लगानीको आवरणमा नया–नया प्राविधिहरु मार्कत समाजमा भय एवं आतंकको वातावरण कायम गर्ने गरिन्छ । दमन र अन्यालाई पनि कथित विकासको आवरण दिएर उच्य प्रविधिमार्कत त्यहाका जनताको सुक्ष्मतम गतिविधिको समेत निगरानी गर्ने गरिन्छ र तिनलाई आतंककारी सावित गरी कारवाहीको दायरमा ल्गाउने काम गरिन्छ । प्राध्यापक बायलेर फ्रि एशिमा रेडियोको अन्तरवार्तामा पनियसै कुरालाई दोहोर्याएका छन ।
बायलेरले बर्गसंघर्षको अवस्थाबारे स्थलगत अध्ययन गर्ने क्रममा त्यहा देखेका छरनाहरुलाई आफाने पुस्तकमा यित्रण गर्दै लेदेका छन कि उरुमकीमा कसरी चिनिया सरकारले आदिवासी उईगर जनजातिलाई त्यहाँबाट निश्कासित गरी निर्वासनमा लगी सामुहिक हिरासत केन्द्रमा राख्ने काम गरिरहेको छ । त्यहाँ बहुसँख्मक हान जाति(शासकीय समुदाय)लाई बस्न लगाएर हान जातिकै भाषा, संस्कृति मुल्य–मान्याता एवं परम्परालाई स्थानीय उईगर समुदाय–माथि थोपने काम भईरहेको छ । लोकतन्त्र समरुपतामा विश्वास राख्दछ जबकि निरकश शासन एकरुपताा चाहन्छन ।
बायलोरले शिवजियाङ सम्बन्धि नै लेखेको एक अर्काे पस्तकू शिनजियाङ इन द क्याम्प चाईनाज हाईटेक पेनल कोलोनीू मा पनि यस्तै विषयलाई उजागर गरियको छ । आतंकपुजीवाद भनेको मुलत आर्थिक विकास तथा लगानीको आवरनमा समाजमा भय एवं आतंकको वातावरण श्रीजना गरी आफनो निरंकुसता लादनु हो तथा उच्च प्रविधिहरुको प्रयोग गरेर शासित जातिमाथि आफनो प्रभाव एवं वर्चस्वको पासोलाई झन कसिलो बनाउनु हो । एक हजार भन्दा बढी निजी कम्यनीहरुलाई व्यस क्षेत्रमा तैनात गरी उईगरहरुको प्रत्येक गतिविधिको सक्ष्म निगरानी गर्न खटाईएको छ । बायलेरले आफनो पुस्तकमा लेखेका छन किचिनिया आर्तक प्रतिरोधी कानुुनमा व्यस्ता विषयलाई पनि आर्तकवादको परिभाषामा समेटने काम भएको छ जो आतकवाद हुदै होईन । खास गरिकन हवाटस एप फोन मार्फत विदेशमा रहेका आफनो परिवारिक सदस्यहरुसित कुराकानी गर्नुलाई पनि समेत आतंकवादको परिभाषा भित्र पार्ने काम भएको छ ।

आतंक पुजीवादलाई तीन चरणमा परिभाषितगर्दै बायलेरले भेदभाव तथा उपेक्षाको परर्वाल, विरोधीको अवमुल्यन तथा निर्वासन यसमा समावेश गरिएको छ । उइगरहरु अहिले उपरोक्त तीनवटै अवस्थाको सामना गरिरहेको आरोप लगाईएको छ । अबमुल्यन तथा निवार्सनको अवस्थाले तिनको जीवनस्त्रलाई नारकीमय बनाईदिएको छ । प्राध्यापक बामलेरले यस विषयवारे निश्कर्ष निकाल्ने जिम्मापाढकहरुलाई नै सुम्पि दिएकाछन कि आज उईगरहरुसित जे जस्तो व्यवहार भईरहेकोछ खासगरियकन सामुहिक हिरासत केन्द्रमा राख्ने काम कतै वर्षाै अधि उत्ररी अमेरिकी तथा रैथानी अमेरिकीहरुले पनि जुन औपनिपेशिक पीडाको सामना गरेका थिए त्यस्तै त होईन ? आतंकविरोधी विश्ब्यापी अभियान कतिपय देशहरुको निम्ति औपनिवेशिक शासन स्थापना गर्न गतिलो हतियार नै सबित भईरहेको छ । कमसेकम पक्ष्चिम–उतर चीनमा त यस्तै भईरहेको छ जहाँ उईगर समुदायसित यस्तै व्यवहार भईरहेको छ । त्यहाँ जनसाँख्यिक विस्यापन उपनिवेशवाद स्थापित गर्न काम भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै