युक्रेनबाट भारतीय विद्यार्थीहरुलाई बाहिर निकाल्न रुसी बस तैनाथ

   २१ फाल्गुन २०७८, शनिबार १७:२५  

नयाँ दिल्ली । संयुक्त राष्ट्र संघका लागि रुसका स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले पूर्वी युक्रेनी सहर खार्किभ र सुमीमा भारतीय विद्यार्थी र अन्य विदेशी नागरिकलाई बाहिर निकाल्न रुसी बसहरुले सहयोग पुयाउने काम सुरु गरेको छ ।
रुसको कुरा नमानी युक्रेनी शासकले नेटोको नजिक बन्दै गएपछि आफनो बर्चस्व कायम राख्नको लागि युक्रेनमा आक्रमण सुरु गरेपछि रुसले भारतीय छात्रहरुलाई बाहिर निकल्न विषेश अभियान अन्तर्गत बसे सेवा संचालनमा ल्याएको हो ।
भारतीय छात्रहरुलाई युद्धग्रस्त क्षेत्रबाट बाहिर निकाल्न रुसी बसहरू क्रसिङ पोइन्टहरूमा तयार रहेको जानकारी दिएका छन् । “रसियाको बेल्गोरोड क्षेत्रमा, आज बिहान ६ एमएम ० बजेदेखि १२० आरामदायी बसहरू पर्खिरहेका छन् (र तयारी अवस्थामा उभिएका छन),” नेबेन्जियाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै