भारतसँग सम्बन्ध भएका देशहरू संग प्रधानमन्त्री मोदीले पुटिनलाई युद्ध रोक्न आग्रह गरे युक्रेनी विदेशमन्त्री

   २२ फाल्गुन २०७८, आईतवार १२:२२  

युक्रेनी विदेशमन्त्रीले रुस संग विशेष सम्बन्ध रहेको देश भारतलाई रुस संग कुरा गरेर युद्धलाई रोक्न अपिल जारी गरेको छ ।
युक्रेनको विदेश मन्त्री दिमित्रो कुलेबाले भारत सँग विशेष सम्बन्ध राख्ने सबै देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर युद्ध कसैको लागि हितमा नहुने भएको हुँदा अविलम्ब युद्धलाई रोक्नुपर्ने अपिल जारी गरेको हो ।
रुसले जारी राखेको युद्ध जारी रहेको हुँदा यो युद्ध मानविय हितविरुद्ध भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्न सक्ने बताएका छन् । उनले थपे, “सामान्य भारतीयहरूले भारतमा रहेको रूसी दूतावासलाई युद्ध रोक्न दबाब दिन सक्छन् ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै