चीनमा रहेका बहुराष्ट्रिय कम्पनी अन्योलमा

   २२ फाल्गुन २०७८, आईतवार १२:२७  

यितेन्द्र शर्मा
चीनमा सक्रिय अनेकौ चर्चित बहुराष्ट्रिय कम्पनीहरु एकातिर त्यहाँको कठोर कानुनको पालना गर्दै आएका छन् भने अर्कोतिर विश्वका अनेकौ देशहरुले चिनिया आयातमाथि धमाधम प्रतिबन्ध लगाउन थालेपछि चिनिया बहुराष्ट्रिय कम्पनीहरु अन्योलमा परेका छन् । एकातिर इनार अर्कोतिर गहिरो खाल्डो रोज्नुपर्ने बाध्यताका बीच चीनका बहुराष्ट्रिय कम्पनी एवं व्यापारीहरुको निम्ती त्यहाँआफनो कारोबार चलाउनु फलामको च्युरा चपाउनु सरह हो । अब अनेकौ बहुराष्ट्रिय कम्पनीहरु पनि यस कुराको राम्ररी अनुभुति गर्न थालेका छन् कि चीनमा बसेर नाफा कमाउनु तथा विश्वभरि आफनो ग्राहक बढाउनु असम्भव भइसकेको छ । कतिपय कम्पनीहरु त त्यहाँबाट पलायन समेत गरिसकेका छन् ।
चीनमा हालै सम्पन्न शीतकालिन ओल्पिकमा चिनिया कम्युनिष्ट पार्टीको दबाबमा प्रायोजक बन्न बाध्य पारिएका बहुराष्ट्रिय कम्पनीहरु अब विदेशीहरु (अन्य देश) बाट लगाइएको प्रतिबन्धका कारण दोहोरो मारमा परेको न्युयोर्क टाइम्समा उल्लेख छ । लाखौ चिनिया आदिवासी, जनजातिहरुलाई बलपूर्वक हिरासतमा राखिएको तथा यातना दिने काम भइरहेको विरोधमा विश्व कै मानव अधिकारकर्मी र राजनीतिककर्मी समेतले पनि पीडित चिनिया जनताको पक्षमा चर्को आवाज लगाउन थालेपछि अनेकौ देशहरुले पनि चिनिया उत्पादनको आयात माथि आ–आफना देशमा प्रतिबन्ध लगाएका हुन् ।
एपीसिओका अध्यक्ष जीम म्याकडेचरले चिनिया प्रभावका क्षेत्रहरुमा आएको सहयोगीलाई पनि बताईदिएका हुन् भने यस्तोचर्को प्रतिबन्धको सामना गरिरहनु पर्ने अवस्था भएपनि यसबारे बढी हल्लाभएमा क्रमिक रुपमा अन्य देशहरुमा पनि यसको असर पर्ने तथा व्यापारमा थप हानी पुग्ने आशंका व्यक्त गरेका छन् । आफुहरु चीनमा आएर लगानी गर्नु ठूलो गल्ति भएको अनुभुति पनि कतिपय चिनिया बहुराष्ट्रिय कम्पनीहरुलाई भइरहेको छ । कोभिडको संक्रमण चीनकै बुहान शहरबाट फैलिएको भने तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोपले पनि चीनलाई ठूलो क्षति पु¥याउँदै आएको छ । त्यतिबेला पनि अनेकौ देशहरुले चिनिया उत्पादनको आयात माथि प्रतिबन्ध लगाएका थिए । कतिपय बहुराष्ट्रिय कम्पनी त त्यहाँबाट आफनो लगानीलाई पनि झिकेको र भारत, जापान र अमेरिका जस्ता देशमा ध्यान केन्द्रित गरेका थिए ।
चाइना चेन्ज अर्गनाइजेशन जसले नागरिक समाज मानव अधिकारको क्षेत्रमा सक्रिय अभियान चलाएको छ, कासम्पादक याकसु काउले यसै महिना काँग्रेसलाई बताए कि हाम्रा व्यापारी, विश्वविद्यालयहरु तथा स्पोटर्स लिगहरु यस यथार्थलाई बुझ्न सकिरहेका छैनन कि चिनिया कम्युनिष्ट पार्टीको हस्ताक्षरमा रहेर केही खान खोज्नु भनेको सुगुर जस्तै भएर बस्नु हो ।
शिनजियङमा जारी उत्पीडनका कारण सिपिसीको नजिक देखिएका बहुराष्ट्रिय कम्पनीहरुले गम्भीर आयात प्रतिबन्ध झेल्नुको विकल्प छैन । अर्कोतिर चीनको कठोर कानुनको पालना गर्नु पर्ने खतरा पनि छ । एकातिर इनार र अर्कोतिर गहिरो खाडल हो । यस्तो अवस्थामा काम गरिरहेका चिनिया बहुराष्ट्रिय कम्पनीहरु मर्नु न बच्निुको अवस्था छन् ।
नेशनल फरेन टे«ड काउन्सिलका अध्यक्ष जैक कौलविनले एकातिर चीनको कठोर कानुन र अर्कोतिर अमेरिका लगायतका देशहरुको कठोर आयात मध्ये कुन विकल्प रोज्ने अवस्था उत्पन्न हुनु गम्भीर परिस्थिति हो भनेका हुन । स्मरणीय कुरा के पनि छ भने आउँदो जुन देखि अमेरिकाले शिनजियाङ्ग कै विषयलाई लिएर थप नयाँ प्रतिबन्धात्मक आयात कानुन ल्याउन थालेको छ । यसले संयुक्त राज्य अमेरिकालाई चिनिया उत्पादनको आयात माथि रोक लगाउन बढी अधिकरण प्रदान गर्नेछ । साँच्चिकै चिनिया व्यापारीहरु अन्योलमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै