पाकिस्तानमा वम विस्फोट, ४ सुरक्षाकर्मीको मृत्यु २० घाइते

कराची । पाकिस्तानको बलुचिस्तानमा भएको विस्फोटमा परेर कम्तीमा चार सुरक्षाकर्मीको मृत्यु भएको छ ।
अति व्यस्त रहेको बलुच क्षेत्रमा सुरक्षाकर्मीहरुलाई लक्ष्ति गराएर गरिएको विस्फोटमा परेर ४ पाकिस्तानी रेन्जरको मृत्यु भएको छ भने २० भन्दा बढि घाईत भएको हो ।
बलुचिस्तानको सिबी जिल्लामा उक्त विस्फोट भएको थियो, जहाँ वार्षिक सिबी मेला आयोजना गरिएको थियो । “पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले सिबीमा महोत्सवमा भाग लिएपछि यो विस्फोट भए,” काउन्टर–टेररिज्म विभाग सिबीका वरिष्ठ अधिकारी हाफिज रिन्डले भने ।