युक्रेनमा उद्धार गरेकोमा पाकिस्तानी नागरिकले भारतीय दूतावास र प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए

   २६ फाल्गुन २०७८, बिहीबार ११:१५  

नयाँ दिल्ली । रुसद्धारा युक्रेनमा गरिएको आक्रमणको विच पाकिस्तानी सरकारले आफनो नागरिकलाई बाहिर निकाल्न सकेको अवस्थामा भारतले उनीहरुलाई उद्धार गरेकोमा भारतीय अधिकारीहरु प्रति आभार व्यक्त गरे पाकिस्तानी नागरिकहरु ।
अस्मा शफिक नामक पाकिस्तानी महिलाले युद्धग्रस्त युक्रेनमा आफूलाई “कठिन परिस्थितिबाट” उद्धार गरेकोमा कीभ स्थित भारतीय दूतावास र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिइरहेको भिडियो अनलाइनमा सार्वजनिक भएको छ ।
उनलाई भारतीय अधिकारीहरूले उद्धार गरेका थिए र देशबाट बाहिर निकाल्नको लागि पश्चिमी युक्रेन जाँदैछिन्, एएनआईको रिपोर्टमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै