प्रधानमन्त्री इमरान खानलाई पदबाट हटाउन विपक्षी दलहरु एकत्रित हुँदै

लाहौर । पाकिस्तानको सत्ताको बागदोर सम्हाले देखि नै प्रधानमन्त्री इमरान खान विभिन्न विवादको शिकार बन्दै चरम आर्थिक संकटबाट गुज्रिरहेको छ ।
पाकिस्तानका विपक्षी दलहरूले प्रधानमन्त्री इमरान खानको सरकारलाई अनियन्त्रित मुद्रास्फीतिको लागि जिम्मेवार ठहर गर्दै उनलाई पदबाट हटाउनका लागि अविश्वासको प्रस्ताव पेस गरेको हो ।
प्रस्तावमा करिब एक सय सांसदले हस्ताक्षर गरेका थिए । गत वर्ष खानले आफ्नो पार्टीले समर्थन गरेको उम्मेदवार सिनेटको चुनाव हारेपछि विश्वासको मत लिने निर्णय गर्दा १७८ मत पाएका थिए ।