नयाँ दिल्ली । तालिवानी शाषक आएपछि अफगानिस्तान खाद्यान्न सहित विभिन्न संकटको सामना गर्नुपरेको भएपनि पटक पटक भारतले मानविय सहयोग गर्दै आएको छ । मानवीय सहयोगका लागि भारतले अफगानिस्तानलाई २ हजार मेट्रिक टन गहुँ पठाएको हो ।
२ हजार मेट्रिक टन गहुँ बोकेको सवारीको लस्कर भारतको अटारी सीमाबाट अफगानिस्तानतर्फ लागेको भारतीय विदेश मन्त्रालयले जनाएको हो । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमअन्तर्गत ५० हजार मेट्रिक टन गहुँ उपलब्ध गराउने बाचा अनुसार भारतले अफगानिस्तानतर्फ खाद्य सामग्री पठाएको हो । ‘अफगान जनतासँगको विशेष सम्बन्धप्रति भारत प्रतिबद्ध छ ।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्विटमार्फत् जनाएका छन् ।
भारतले अफगानिस्तानलाई खाद्य सामग्रीबाहेक कोरोना भाइरसको खोप र अन्य ज्यान बचाउने औषधि समेत पठाउन लागेको जनाइएको छ ।
यसबाहेक पछिल्ला केही सातायता भारतले अफगानिस्तानलाई ५ लाख डोज कोरोनाविरुद्धको खोप र ३.६ टन अन्य औषधीय सहायता प्रदान गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन