पाकिस्तान को व्यापार घाटा अहिलेसम्म कै उच्च

   २७ फाल्गुन २०७८, शुक्रबार ०७:५२  

इस्लामावाद। पाकिस्तानको व्यापार घाटा वार्षिक रूपमा ८२ प्रतिशतले बढेर ३१.९६ बिलियन अमेरिकी डलर पुगेको छ।

आयातमा अभूतपूर्व वृद्धि हुँदा लगातार आठौँ महिनामा व्यापार घाटा बढेको ब्युरोले जनाएको हो। जबकि निर्यात प्रति महिना २.५ बिलियन अमेरिकी डलरदेखि २.८ बिलियन अमेरिकी डलर मात्रै रहेको छ। जसमा अधिकांश आधार तयारी उत्पादन र कच्चा पदार्थ रहेको द डनले रिपोर्ट गरेको छ।

पाकिस्तानको चालु घाटा जनवरी २०२२ मा २.५६ बिलियन अमेरिकी डलरको सर्वाधिक बिन्दुमा पुगेको समयमा पछिल्लो तथ्याङ्क सार्वजनिक भएको हो। सीएडी भनेको देशको वैदेशिक खर्च र आम्दानीबीचको भिन्नता हो।

व्यापार घाटा आर्थिक वर्ष २०१८मा अमेरिकी डलर ३७.७ बिलियन पुगेको थियो। यद्यपि २०१९ मा ३१.८ बिलियन अमेरिकी डलर र २०२० मा २३.१८३ बिलियनमा झरेको थियो।
त्यसपछि प्रवृत्ति उल्टो भयो र व्यापार अन्तर आर्थिक वर्ष २१ मा ३०.८ बिलियनमा पुग्यो र चालु आर्थिक वर्षको अन्त्यमा यो थप उच्च बिन्दुमा पुग्ने जनाइएको छ।

पाकिस्तानको आयातको ठुलो हिस्सा रहेको कच्चा तेल र गहुँको मूल्य बढेपछि घाटा थप बढ्ने अनुमान गरिएको छ। उही समयमा, पाकिस्तानको विदेशी मुद्रामा प्रमुख योगदानकर्ता खाडीबाट आउने विदेशी रेमिटेन्स जनवरी २०२२ मा अघिल्लो महिनाको तुलनामा ३७ करोड ६० लाख अमेरिकी डलर रही १५ प्रतिशतले घटेको छ। साथै, निर्यात पनि अघिल्लोको तुलनामा १७ प्रतिशतले घटेको छ।

यसैबीच मुलुकको वैदेशिक ऋण आर्थिक वर्ष (२०२१-२२) को पहिलो त्रैमासमा २० प्रतिशतले वृद्धि भई पहिलो सात महिनामा १३ अर्ब १ करोड अमेरिकी डलर पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै