चिनियाँ राष्ट्रपति सि जिन माथि द्वैध चरित्र देखाएको आरोप

379 Shares

बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिन पिङ माथि विभिन्न मुद्दाहरूमा द्वैध चरित्र प्रस्तुत गरेको आरोप लागेको छ।
अल्पसङ्ख्यकहरूमाथि एकातिर चरम दमन भइरहँदा राष्ट्रपति सीले एक शब्द नब‍ोल्ने अर्कोतर्फ उनीहरूलाई एकजुट हुन आह्वान गरिरहेकाे हो ।

राष्ट्रपति सी जिनपिङले शनिवार अल्पसङ्ख्यकहरूलाई उनीहरूको पहिचानलाई दबाउन नयाँ कानुनहरू ल्याइए पनि चिनियाँ राष्ट्रका लागि ‘जातीय एकता’ र समुदायको भावना जगाउन आग्रह गरे।

चिनियाँ राष्ट्रपति सीले चीनको शीर्ष व्यवस्थापिका राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्। सीले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) लाई अगाडि बढाउने आधारभूत ‘विश्वासहरू’ सूचीबद्ध गरेका छन्।
सीले सबै जातीय समूहहरूलाई ‘एकसाथ टाँसिएको अनारको बीउजस्तै’ महान् मातृभूमिको निर्माणमा एकताबद्ध रहन मद्दतका लागि आह्वान गरेको सिन्ह्वा समाचार एजेन्सीले रिपोर्ट गरेको छ।
जातीय समूहहरू एकताबद्ध र मेलमिलापमा हुँदा मानिसहरू समृद्ध राष्ट्र र स्थिर समाजमा खुसीसाथ बाँच्न सक्ने कुरा पनि सीले बताए र चिनियाँ राष्ट्रका लागि समुदायको बलियो भावना जगाउन सघाउने कुनै पनि कामलाई विस्तृत रूपमा अघि बढाउन आग्रह गरे।

उनले ‘पार्टीको उन्नत प्रकृति र शुद्धतालाई हानि पुर्‍याउने कुनै पनि तत्त्वलाई जरैदेखि उखेल्न पार्टीमाथि पूर्ण र कठोर शासन चलाउनुपर्ने’ समेत बताएका छन्।

चिनियाँ अधिकारीहरूले तिब्बतजस्ता जातीय अल्पसङ्ख्यक बहुल क्षेत्रमा लागु गरेका नयाँ कठोर उपायहरूलाई हाइलाइट गर्ने रिपोर्टहरूको एक शृङ्खला पछि यो टिप्पणी आएको हो।

तिब्बतमा सीसीपीका सदस्यहरूका लागि नयाँ आचारसंहिताले पार्टीका सदस्यहरूलाई सार्वजनिक र निजी जीवनमा सबै प्रकारका धार्मिकताबाट स्पष्ट रूपमा निषेध गरेको छ। ६ बुँदे आचार संहिता पहिलो पार्टी नियम भएको र यसले स्पष्ट र व्यापक रूपमा तिब्बतमा पार्टीका सदस्यहरूका लागि निषेध गरिएको विशेष प्रकारको धार्मिकताको विवरण दिएको हङकङ पोस्टले जनाएको छ।

मार्च १ मा लागु भएको ‘इन्टरनेट धार्मिक सूचनात्मक सेवाहरूको प्रशासनमा उपायहरू’ नामक अर्को नियमले सरकारी इजाजत पत्र प्राप्त गर्नेहरू बाहेक सबै विदेशी संस्था र व्यक्तिहरूलाई चीन र तिब्बतमा धार्मिक सामग्री अनलाइन फैलाउन प्रतिबन्ध लगाउने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।