चिनियाँ राष्ट्रपति सि जिंग पिंगको द्वैध चरित्र

   २९ फाल्गुन २०७८, आईतवार १३:५१  

चिनियाँ राष्ट्रपति सी जिन पिङले विभिन्न मुद्दाहरूमा द्वैध चरित्र प्रस्तुत गरेको आरोप लागेको छ। अल्पसङ्ख्यकहरूमाथि एकातिर चरम दमन भइरहँदा राष्ट्रपति सीले अर्कोतर्फ उनीहरूलाई एकजुट हुन आह्वान गरिरहेका छन्।

राष्ट्रपति सी जिनपिङले शनिवार अल्पसङ्ख्यकहरूलाई उनीहरूको पहिचानलाई दबाउन नयाँ कानुनहरू ल्याइए पनि चिनियाँ राष्ट्रका लागि ‘जातीय एकता’ र समुदायको भावना जगाउन आग्रह गरे।

चिनियाँ राष्ट्रपति सीले चीनको शीर्ष व्यवस्थापिका राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्। सीले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) लाई अगाडि बढाउने आधारभूत ‘विश्वासहरू’ सूचीबद्ध गरेका छन्।
सीले सबै जातीय समूहहरूलाई ‘एकसाथ टाँसिएको अनारको बीउजस्तै’ महान् मातृभूमिको निर्माणमा एकताबद्ध रहन मद्दतका लागि आह्वान गरेको सिन्ह्वा समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै