हरेक भारतीयले “द कश्मीर फाइल्स” हेर्न आवश्यक आमिर खान

मुम्बई । आमिर खानले हरेक भारतीयले “द कश्मीर फाइल्स” हेर्नुपर्ने बताएका छन् ।
“कश्मीरी पण्डितहरूलाई के भयो त्यो ठूलो दुःखको विषय हो । यस्तो फिल्म सबै भारतीयहरूले हेर्नु पर्छ ताकि… उनीहरूले कस्तो अवस्थाको सामना गर्नु परेका थिए सोको चित्रण गरिएका हुन्” ।
“विगतका दिनहरुमा के भयो सम्झन सकून्,” उनले भने । “यस फिल्मले मानवतामा विश्वास गर्ने सबै मानिसहरूको भावनालाई छोएको छ र यो धेरै सुन्दर छ,” आमिरले यसो भने ।