पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथिको पाकिस्तानको राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित

ईश्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागिएको पाकिस्तानको राष्ट्रिय सभाको महत्वपूर्ण सत्र सोमबार, मार्च २८ सम्मका लागि स्थगित गरिएको छ। उल्लेखनीय छ, इमरान खानलाई पदच्युत गर्ने आपसी एजेन्डाअनुसार काम गर्दै विपक्षी दलहरूले अविश्वासको प्रस्ताव पेश गरेका छन्। मार्च ८ मा राष्ट्रिय सभामा विश्वासको प्रस्ताव। ३४२ सदस्यीय राष्ट्रिय सभामा इमरान खानको सरकारलाई अविश्वासको मत पारित गर्न कम्तीमा १७२ सदस्य चाहिन्छ।