जम्मु काश्मिरमा लगानी मैत्री वातावरण

   १९ चैत्र २०७८, शनिबार २०:२५  


यितेन्द्र शर्मा
संयुक्त अरब अमिरातका लगानीकर्ताहरुको एउटा प्रतिनिधिमण्डलले हालै भारतको जम्मु काश्मिरका कालिगढहरुसित भेट गरी त्यहाँको हस्तकलाको प्रशंसा गरेका छन् । जम्मु काश्मिरमा आयोजित लगानी सम्मेलनमा भाग लिन उनीहरु यहाँ आएका थिए । तिनदिने जम्मु काश्मिर भ्रमणमा आएका यी लगानीकर्ताहरुलाई प्रदेशका उपराज्यपाल मनोज सिन्हाले स्वागत गर्दै स्थानीय कालिगढहरुसित भेट गराए । खाडी देशका यी लगानीकर्ताहरु मध्येका अब्दुल्लाह अल साइबानीले भारत तथा जम्मु काश्मिरको प्रशंसा गर्दै यसको प्राकृतिक सुन्दरता र मनोरम दृश्यहरुको निकै वर्णन गरे । काश्मिरका हस्तकला र त्यहाँका उत्पादित कार्पेट, शाल तथा अन्य कलाकारिताका वस्तुहरु विश्व प्रसिद्ध रहेको भन्दै प्रशंसा गरे ।
साइबानीले काश्मिर एउटा निकै सुन्दर ठाउँ हो, यहाँका दृश्यहरु निकै मनोरम र आकर्षक छन् । साथै उपत्यकाका मानिसहरु पनि निकै राम्रा छन् । यहाँ धेरै थोक गर्न सकिन्छ, यहाँका मानिसहरु प्रतिभावान पनि छन् भन्दै जम्मु काश्मिरको भ्रमणबाट आफुहरु निकै प्रभावित र प्रफुलित भएको उनीसहित इमिरेटका प्रतिनिधिमण्डलले प्रतिक्रिया जनाए ।
प्रदेशका उपराज्यवाला मनोज सिन्हाले आयोजित खाडी लगानी सम्मेलन (गल्फ इन्भेष्टमेन्ट समिट) मा जम्मु काश्मिर प्रशासनद्वारा २७ हजार करोड रुपैयासको प्रस्ताव पारित गरिएको उद्घोष गरे । दुबई, संयुक्त अरब अमिरात, होलैण्ड तथा खाडीका अनेकौं देशका औद्योगिक कम्पनीका मालिक र प्रमुख कार्यकारी निर्देशकहरु यसमा सहभागि थिए । सम्मेलनलाई सम्बोधित गर्दै उपराज्यपाल सिन्हाले यहाँ लगानी हुन थालेपछि ६ देखि ७ लाखसम्म युवाहरु जागिर पाउने सम्भावना व्यक्त गरे । हामीले २७ हजार करोड रुपैयाको लगानीलाई पारित गरेका छौं र चाँडै नै यसलाई विभिन्न क्षेत्रमाहरुमा गरी ७० हजार करोड रुपैयासम्म पु¥याइनेछ । यसले अवश्य पनि ६–७ लाख युवालाई रोजगार उपलब्ध गराउनेछ । करिब ३६ देशका प्रतिनिधिहरु सहभागि यस गल्फ इन्भेष्टमेन्ट समिटको उद्देश्य कश्मिरमा लगानीको वातावरण विकसित गर्नु, विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्नु र आपसी सम्बन्ध विकसित गर्नु पनि रहेको सिन्हाको प्रतिक्रिया छ । जम्मु काश्मिरका उद्योग, वाणिज्य तथा उड्डयन विभागका सचिव रन्जन प्रकाश ठाकुरले पनि जम्मु काश्मिर सरकारले युएई तथा गल्फ कोअपरेशन काउन्सिलसित सम्बन्ध विकसित गरी भारतको विकास गर्न थालेको बताए । विगत ४–५ महिनामा आफुहरुले यस सम्बन्धमा धेरै पाइला चालेको तथा दुबईको जुमायरा टावरमा पनि लगानीकर्ताहरुको सम्मेलन गरेको बताउँदै राज्यको विकासबारे प्रगतिगाथा बताए । विदेशी लगानीकर्ताहरुलाई त्यहाँ आकर्षित गर्ने उद्देश्यले आयोजित सम्मेलन सफल सावित भएको मान्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै