zoom.com download free zoominfo stock forecast - zoominfo stock forecast zoom edit and share free download download zoom for windows msi installer download zoom app for me

चिनिया निमार्ण कम्पनीको विरोधमा मजदुर आन्दोलन

   २७ चैत्र २०७८, आईतवार १८:४५  

यीतेन्द्र शर्मा
चिनियाहरु आर्थिक रुपले कमजोर र उसित ऋणलिएका देशहरुमा आफनो मनपरि र
जबरजस्ती लागु गर्न पछि पर्दैन । गत साता मात्रै पूर्वि नेपालको सप्तरी जिल्लाको कुशहा–
कंचनपुर सडक निर्माण कार्यमा कार्यरत नेपाली मजदुरहरुलाई तिनको उचित पारिश्रमिक
दिन नचाहेका कारण र बिचमा बिचौलियालाई हस्तक्षेप गर्न दिएको विरोधमा त्याहाँ
कार्यरत मजदुरहरुले चार दिन सम्म हडताल गरेका थिए । चिनिया निर्माण कम्पनी
चाईनिज रेलवे ईन्जिनियरिङ–२ कम्पनीले मजदुरहरुको समस्यालाई समबोधन गर्ने लिखित
सहमती व्यक्त गरेपछि एक महिनाकोलागी आनदोलन स्थगित गरिएको छ तर मजदुरहरुले
स्थानिय गाउपालिकामा मुद्दा दर्ता नै गराइदिएका छन्।
स्थानीय मजदूर बालकदास चौधरीका अनुसार उनीलाई अन्तरराष्ट्रिय
मापदण्ड अनुसारको पारिश्रमिक प्रदान नगरिए पनि कमसेकम जिल्लाद्धारा निर्धारित
परिश्रमिक दर अनुसार रकम पाउनुपर्ने माग उनीहरुको रहेको छ तर चिनिया ठेकेदारले
स्थानीय विचौलियाकोसहयोग लिएर आफूहरुको उचित पारिश्रमिक नदिइएकोकारण पटक
पटकको आग्रहको सुनवाई नभएपछि हडताल गर्नुको विकल्प थिएन । कीवर चार दिन
सम्म हडताल गरी निर्माण कार्य रोकोपछि बल्ल चिनिया ठेकोदारले आफनो कुरा सुनेका
हुन । आफुहरुको माग सम्बोधन गर्ने सहमति जनाउदै एक महिनाको समय मागेका छन ।
नेपालमा आएर विकास निमाृणको काम गर्ने अथवा जुन प्रयोजनले नेपाल
आउने चिनिया अथवा विदेशीहरुलाई नेपालले अतिथि धर्मको निर्वाह गर्दै आदर सत्कार र
सम्मान गर्दे आएको छ तर नेपालीहरुको भावना, आत्म सम्मान र स्वाभिमानको पनि कदर
हुनु आवश्यक छ । चिनियाहरु प्राय जसो नेपालमै पनि नेपालीहरुलाई हेप्ने काम गर्दे
आएका छन । कहिले नेपाली मजदुर सित मेलम्ची खानेपानि परियोजनामा त कहिले
दमकमा त कहिले सप्तरीमा, कहिले ठमेलका होटेलमा, त कहिले भक्तपुरको अदालत
परिसरमा र दुई वर्ष अघि त सिंह दरबार नजिक नेपाल प्रहरीलाई समेत अपमानित गर्ने
काम गरे। नेपाली मजदूरहरुले केवल आफनो उचित पारिश्रमिक मागेका छन जुन उनको
अधिकार हो । नेपाली मजदुरहरु फेरि पनि आनदोलन गर्ने अवस्था नआवोस ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै