zoom msi download windows 10 why is my audio not working on zoom windows 10 zoom meeting id numbers to join - zoom meeting id numbers to join zoom upload download speed requirements zoom app download free windows 10 64 bit - zoom app download free windows 10 64 bit

चिनियाँ कम्पनी शाखोमी, भारतीय सरकारले जफत गर्यो ७२ करोड डलर

   २० बैशाख २०७९, मंगलवार १४:२२  

नयाँ दिल्ली । भारतले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमी माथि विदेशी विनिमय अपचलनको अनुसन्धान अगाडि बढाएको छ ।
कम्पनी माथि यसबारे सोधपुछ बढाइएको भोलिपल्ट वित्त मन्त्रालय अन्तर्गत प्रवर्तक निर्देशनालयले शनिबार शाओमी टेक्नोलोजी प्रा.लि. ५५ अर्ब ५१ करोड नियन्त्रणमा लिएको हो ।
भारतीय स्मार्टफोन बजारको २४ प्रतिशत हिस्सा ओगटेको शाओमीमाथि विदेशी मुद्रा विनिमय व्यवस्थापन नियमावलीको उल्लंघन अन्तर्गत कारबाही बढाइएको उल्लेख छ । चीनमा मुख्यालय रहेको शाओमीको भारतमा पनि लगानी रहेको छ । उसको साढे ५५ अर्ब भारु त्यहाँको बैंकहरुमा थियो । उक्त कम्पनीको गैरकानूनी रेमिटेन्स सँग सम्बन्धित विषयमा छानबिन भइरहेको इन्डियन एक्सप्रेसले लेखेको छ ।
यही महिनाको सुरुमा शाओमीका ग्लोबल उपप्रमुख मनु कुमार जैन सँग निर्देशनालयले सोधपुछ गरेको छ । कम्पनीले सन् २०१४ मा स्थापना भई २०१५ देखि विदेशमा रकम पठाएको उल्लेख छ । अहिलेसम्म साढे ५५ अर्ब रेमिटेन्स मार्फत् पठाएको भनिएको छ ।
यसैबीच समाचार संस्था रोयटर्सका अनुसार गैरकानुनी तरिकाले भारतबाट रेमिट्यान्स विदेश पठाएको भन्दै भारतले शाओमीको साढे ७२ करोड अमेरिकी डलर जफत गरेको छ । आर्थिक अपराध नियन्त्रण सम्बन्धी निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट ९आइबी० ले शनिबार शाओमीको सम्पत्ति जफत गरेको हो । शाओमीले भारतीय कानुनको उल्लंघन गरेको आइबीको रिपोर्टमा उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै