अमेरिकी मंत्रीको नेपाल भ्रमणवाट चीन सशंकित

252 Shares

यितेन्द्र शर्मा
अमेरिकाका प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि विशेष संयोजक उज्रा जियाले जाउलाखेल स्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरी तिब्बती शरणार्थीहरुको जनजीवन र उनीहरुको धारण बुझने काम गरेकी छिन । अमेरिकी उपमन्त्रीको तिब्बती शरणार्थी शिविरको भ्रमण वारे नेपाल सरकारलाई कुनै पनि जानकारी नभएको प्रष्ट पारिसकेको छ ।
शरणार्थीले अमेरिकी मन्त्री सितको भेटमा आफूहरुले सहज र सरल रुपमा जीवन यापन गर्न पाउनु पर्ने साथै तिब्बती धर्मगुरु दलाई लामाको जन्म जयन्ति मनाउन पाउनु पर्ने माग गरेका छन । पहिले स्वयम्भू, बौद्ध तथा जाउलाखेल क्षेत्रमा बसोवास गरिरहेका तिब्बती शरणार्थीहरु एकै ठाउँमा जम्मा भएर दलाई लामाको जन्मदिन मनाउने गर्दथे । तिब्बती शरणार्थीहरुको गतिविधि नेपालमा भएको हेर्न नचाहने चीनको सक्रियता नेपालमा बढन थालेपछि नेपाल सरकारले आफनो देशमा चीनको विरोधमा कुनै गतिविधि नहोस भन्दै जन्मजयन्ति मनाउने अनुमति दिन छोडयो । तिब्बती शरणार्थीहरु आफनो मानव अधिकार र शान्ति सुरक्षाको मागगर्दे आएका छन् ।
शान्तिपूर्ण रुपमाधर्ना गर्न पाउनुपर्ने र आफनो अधिकारका लागि बोल्न नपाएको गुनासो उनीहरुले अमेरिकी मन्त्री र अधिकारी सामु गर्दै आएका छन । विगतमा पनि नेपालमा तिब्बत मामिला हेर्न अमेरिकी अधिकारी आएका थिए । सन् १९९० पछि नेपालमा जन्मेका तिब्बती शरणार्थीले परिचयपत्र दिनुपर्ने विषय अमेरिकाले उठाउदै आएको छ । नेपालमा झण्डै १० हजार तिब्बती शरणर्थी रहेका छन् । शरणार्थी कार्डको अभावमा शरणार्थीले बैंक खाता खोल्ने देखि हवाईसेवा लिनबाट समेत बंचित भएका कारण उनीहरुको मानवअधिकार रक्षाका लागि यो व्यवस्था गर्न नेपाल सरकार सित अमेरिकाले आग्रह गर्दे आएको छ । तीनदिने नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्रीले धर्मशालामा दलाई लामालाई भेट गर्दे तिनको स्वास्थय अवस्थाको जानकारी लिएका थिए । अमेरिकी राष्ट्रपति र त्यहाँका जनताको तर्फवाट शुभकामना पनि दिईन । शरणार्थी शिविर जानु अघि जियाले बेलायत, फ्रान्स, अस्टे«लिया, स्वीस लगायतका देशका राजदुत संग छलफल गरेकी थिइन । नेपालमा जियाको भ्रमणलाई लिएर चीन असनतुष्ट रहेको छ । नेपाल स्थित चिनिया राजदूत हाउ यान्छीले अमेरिकी अधिकारीको नेपाल भ्रमण र नेपालबाट हुन सक्ने चीन विरोधी गतिविधिको विषयमा सरकारको ध्यानाकर्षन गराउने काम गरेकी थिइन । चिनिया बिदेश मन्त्री वाङयीले नेपालम ाहुने भूराजनीतिक खेल चीनलाई सहज नहुने बताइसकेका छन । नेपालमा एमसीसी पारित भईसके पछि चीन बढी सशंकित हुनपुगेको छ ।
तिब्बती शरणार्थीलाई सुरुदेखि नै अमेरिकाले सहयोग गर्दे आएकोमा चीनले कडा आपत्ति जनाउदै आएको छ । सन् २०२० मा अमेरिकाले दलाई लामाको उत्तराधिकारी छनोट गर्ने र तिब्बतको वातावरण संरक्षण गर्ने तिब्बती जनताको पुर्ण अधिकारलाई फेरी पुष्टी गर्ने कानुन जारी गरेको थियो । अमेरीकी काँग्रेसले सो विधेयक पारित गरेपछि चीनले आफनो अन्तरिक मामिलामा हस्तक्षेप नगर्न झन्डै अमेरिकालाई चेतावनी दिएको थियो । अमेरिकी उपमन्त्रीको यस भ्रमणवाट चीन अत्तिएको छ । नेपालमा अमेरिकाको बढदो सक्रियाताले कतै आफनो सक्रियतालाई संकूचित अथवा सीमित त पार्ने होइन ? भन्ने चिन्ता पनि चीनलाई हुन सक्दछ ?

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।