यितेन्द्र शर्मा
चीनले पाकिस्तानमा सुरक्षा कम्पनी सन्चालनका निमित गरेको अनुरोधलाई इश्लामावादले अस्वीकार गरे संगै दुई मित्र राष्ट बीच तनाब बढने सम्भावना देखिन्छ । हाल पाकिस्तानमा चीनले अर्बौ डलर रुपैयाको ऋण लगानी गरेको छ तर चिनिया निर्माण कम्पनीहरु द्वारा संचालित परियोजनको विरोधमा त्यहाँका स्थानीय आदीवासीहरु हिंसक प्रर्दशन गर्न थालेका हुन । आफ्नो इन्जिनियर, मजदुर र प्राविधिक मारिएको कारण चिन्तीत एवं आक्रोसित चीन अब त्यहाँ आफ्ना अधिकारी, ईन्जिनियर, प्राविधिक र मजदुरको जिउज्यानको रक्षाका निमित चिनिया सेनाको सुरक्षा चाहन्छन भरसक अब पाकिस्तानी सेनामाथी तिनको विश्वास रहेन ।
चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी खोल्न गरेको अनुरोध प्रति आपति जनाउदै इस्लामावादले त्यसलाई अस्वीकार गरेको छ । गृहमन्त्री राजा सनाउल्लाहले पाकिस्तानमा कुनै पनि देशले सुरक्षा कम्पनी स्थापना गर्न नसक्ने प्रष्ट पारि सकेका हुन । पाकिस्तानमा रहेका आफ्नो नागरिक माथी बढदो आक्रमणलाई दृष्टिगत गर्दै चीनले यहाँ सुरक्षा कम्पनी खोल्न चाहेको छ । चीन पाकिस्तान आर्थिक कारोबार (सि.पिइसी) परियोजना अन्तर्गतका ग्यास पाईपलाईन विधुत टावरलाई लक्षित गरि बलुच विद्रोहीहरुले नियमित आक्रमण गरिरहेका छन । ती विद्रोहीहरुले बलुचिस्तानको प्राकृतिक श्रोत लुटिएको आरोप लगाएका हुन ।
केही समय अघि कराँचीमा भएको आत्मघाती हमलामा तीन जना चिनिया नागरिक समेत चार जनाको मृत्यु भएको थियो उक्त आक्रमणको जिम्मेवारी बलुच समुहले लिएको थियो । चिनिया नागरिक लक्षित यस्ता आक्रमण नियन्त्रण गर्न इस्लामावाद प्रहरीले विदेशी सुरक्षा एकाई स्थापना गरेको छ । पाकिस्तानी अधिकारीका अनुसार हाल इश्लामावादमा एक हजार भन्दा बढी चिनिया नागरिक दर्जनौ विकास परियोजना, कम्पनी र व्यवसायमा संलग्न छन । सिपिइसी परियोजनामा संलग्न चिनियालाई पाकिस्तानी सुरक्षा बल र अर्ध सैनिक बलले सुरक्षा दिई रहेका छन । तर चीनलाई भरसक पाकिस्तानी सेनाद्वारा प्रदान गरिदै आएको सुरक्षा सेवाले आश्वास्त पार्न सकिरहेको छैन विगतका दिनमा पाकिस्तान सरकारले अमरिकी सेनालाई आफ्नो देशमा बोलाएको थिए त्यस वापत पाकिस्तानले भोग्नु परेको हानी नोक्सानीको हिसाब किताब गर्न साध्य छैन । अलकायदा प्रमुख ओसामा बिनलादेन लाई अमेरिकी सेनाले पाकिस्तानको एबटावाद मा नै फेला पारेको थियो । पाकिस्तानमा विदेशी सेना भित्रिनु हुदैन भन्ने त्यहाँका जनताको चाहना रहेको छ तर चिन पनि सजिलै मान्ने वाला छैन ।