यितेन्द्र शर्मा
कोरोना महामारीका कारण झण्डै दुई वर्ष सम्म सुस्ताएको पोखराको पर्यटनमा भारतीय पर्यटकहरुको आगमनले राहत पु¥याएको छ । पोखराका स्थानीय व्यवसायीहरुका अनुसार तेश्रो मुलुकका पर्यटकको आगमन कमहुने समयमा भारतीय पर्यटकको उपस्थितीले पर्यटन व्यवसायलाई उर्जा प्राप्त भईरहेको छ । “अफसिजन” मा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसायलाई फाईदा पुगेको छ । प्राकृतिक सौन्दर्य र तालको कारण आकर्षक ठाउको रुपमा पोखरा त विश्व मै चर्चित छ तर सीमावर्ती शहरबाट आउने भारतीय पर्यटकहरु गर्मी छल्न पनि यहाँ आउने गरेका हुन ।
गत जेठमा भारतीय र आन्तरीक पर्यटकले पोखराका ८० प्रतिशत होटल भरिभराउ थिए । भारतका उत्तर प्रदेश र विहारका पर्यटकहरु २÷३ रात पोखरामा विताउँछन त्यसपछि मुक्तीनाथधामको यात्राका लागी प्रस्थान गर्ने गर्दछन । अहिले भारतीय पर्यटकको बढतो आकर्षणलाई हेर्दा अगामी सिजनमा नेपालको पर्यटनमा निकै प्रगति हुने विश्वास होटल संघ पोखराका अध्यक्षको रहेको छ । पृथ्वी राजमार्ग र मुगलिङ्ग – नारायणगढ सडक खण्डमा आएको पहिरोको कारण असार पहिलो साता भारतीय पर्यटकको आगमनमा केही कमी आएको अनुमान छ ।
पोखरा आउने भारतीय पर्यटक फेवातालमा डुङ्गा चढन प्यारागलाईडिङ्ग गर्न, बरपरका पर्यटकीय स्थलको भ्रमण गर्न रुचाउछन । नया गन्तव्यको रुपमा रहेको पुग्दीकोटको शिवमन्दिर र सराङ्ककोट पुग्ने अन्नपूर्ण केवलकार पनि भारतीयको रोजाईमा पर्ने गरेको छ । पोखराबाट हाल भैरहवा नेपालगंज, धनगढी सिमरा र जनकपुरमा सीधा हवाई सेवा संचालनमा छ । सुनौली नाकाहुदै भैरहवाबाट हवाईमार्ग हुदै पोखरा भित्रिने भारतीय पर्यटकको संख्यामा बृद्धि भएको छ । होटल संघ पोखराले भारतका सीमावर्ति सहरमा पुगेर प्रवद्र्वनात्मक कार्यक्रम “ चलिए पोखरा” गर्दै आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथ जानकी मन्दिर, मुक्तीनाथ तथा लुम्बिनी मन्दिर भएको धार्मिक भ्रमणले पनि भारतीय पर्यटकलाई धेरै संख्यामा नेपाल प्रति उत्साही बनाएका हुन सक्दछन । झण्डै २ वर्षको कोराना महामारीको कारण थला परेको नेपालको पर्यटन व्यवसायीलाई भारतीय पर्यटकको भरथेग प्राप्त हुनु पनि ठुलो उपलब्धी हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन