सिंर्सियामा सम्पन्न निशुल्क आँखा परिक्षण शिविरमा बन्यो नयाँ रेकर्ड, १९५ जना शल्यक्रियाको लागि छनौंट

0 Shares

रौतहट, ११ मंसिर । गौर आँखा अस्पताल पुरेनवाले सञ्चालन गरिरहेको आँखा उपचार महाअभियान अन्तर्गत गौर नगरपालिकाको–सिर्सियामा सम्पन्न निशुल्क आँखा परिक्षण शिविरमा नयाँ रेकर्ड कायम भएका छन् ।
सिर्सियाको हनुमान मन्दिर नजिकै आयोजित निःशुल्क आँखा परिक्षण शिविरमा ६३३ जना लाभान्वित भई नयाँ रेकर्ड कायम भएका हुन् ।
शिविरमा आँखा परीक्षण गराएका मध्ये १९५ जना मोतिया विन्दु रोगको शल्यक्रियाका लागि छनोट भएका छन् भने २९८ जनालाई निःशुल्क औषधि वितरण गरियो । अन्य सेवाग्राहीलाई आवश्यक परामर्श तथा आँखा परीक्षण सेवा प्रदान गरिएको अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
विगत एक दशकदेखि मानव सेवामा सक्रिय सामाजिक अभियन्ता विजय श्रीवास्तव र अजय श्रीवास्तवको विशेष पहल तथा रूईत फाउन्डेसनको आर्थिक सहयोगमा गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा शिविर आयोजना भएका थिए ।
शल्यक्रियाका लागि छनोट भएका बिरामीहरूको उपचार, खानपान तथा बसोबासको सम्पूर्ण व्यवस्था निःशुल्क गरिएको अस्पतालका प्रशासक नगेश्वरप्रसाद चौधरीले बताए ।
शिविरमा नेत्र अधिकृत बिनिता केशरीको नेतृत्वमा अर्चना सिंह, लालबाबु साह, शिवशंकर महतो, राजेश यादव, प्रद्युम्न यादव सहित आठ सदस्यीय स्वास्थ्यकर्मीको प्राविधिक टोलीले सेवा प्रदान गरेको संयोजक पाण्डेले जानकारी दिए ।
समाजसेवामा लामो समयदेखि सक्रिय रहदै आएका श्रीवास्तव दाजुभाइले आफ्ना स्वर्गीय आमाबुवाको स्मृतिमा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । शिविरमा सहभागी बिरामीका लागि उनीहरूले आफ्नै निजी खर्चमा खाना, बसोबास, चिया तथा खाजाको समेत व्यवस्था गरे ।
आँखा उपचार महाअभियानलाई प्रभावकारी बनाउन अस्पतालका अध्यक्ष तथा नेत्रज्योति संघ रौतहटका सभापति विजयकुमार सिंह, सदस्य तथा सचिव बचाबाबु यादव, प्रशासक नगेश्वर चौधरी र वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपाने सहितको टोलीले शिविर स्थलको निरीक्षण तथा अनुगमन गरेको संयोजक पाण्डेले भने ।
आमाबुवाको स्मृतिमा बर्षेणी नीजि लगानीमा श्रीवास्तव दाजुभाईले गर्दै आएको अनुकर्णिय एवं मानविय सेवालाई निरन्तर रुपमा जारी राख्ने विजय श्रीवास्तवले बताए । हरेक मानिस आँखाको ज्योति गुमाउन नपरोस, त्यसको लागि आफूबाट सक्दो सहयोग एवं शिविरको माध्यमबाट उनीहरुको ज्योति फर्काउने महाअभियानमा यथोचित सहयोग गर्ने प्रतिबद्धता श्रीवास्ताव दाजुभाईले दोहर्याए ।
यसैगरी महाअभियान अन्तर्गत यही मंसिर १९ गते माधवनारायण नगरपालिकामा अर्को निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी पूरा भएको अस्पतालले जनाए । अस्पतालले स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई निःशुल्क आँखा परीक्षण तथा उपचार सेवाको लाभ लिन आग्रह गरे ।
‘आँखालाई माया गरौँ, आँखा सेवा सबैका लागि’ भन्ने नारासहित सञ्चालित महाअभियानले ग्रामीण तथा विपन्न समुदायसम्म आँखा उपचार सेवा पुर्याउने लक्ष्य राखेको छ । अभियानको प्रचारप्रसार तथा जनचेतना अभिवृद्धिमा सहयोग पु¥याउने सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अस्पतालले आभार व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।