भोटेकोशीको विनाशकारी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकार समक्ष सिफारिस

0 Shares

रौतहट, ११ मंसिर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकार समक्ष सिफारिस गरेको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको समितिको बैठकले ४८ जिल्लाबाट विवरण यकिन भएका ३ हजार २९२ नेपाली नागरिक र १९ विदेशी नियोगबाट प्राप्त विवरण अनुसार ६२३ विदेशी नागरिक गरी ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपदमा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ । सोही कानुनी प्रावधान अनुसार समितिले सरकारलाई सिफारिस गरे ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिको विवरण माथि दाबी–विरोधका लागि दुई चरणमा सातदिने सूचना प्रकाशित गरेका थिए ।
नेपाली नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो । विदेशी नागरिकका हकमा सम्बन्धित देशका नेपाल स्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएका नियोगबाट प्राप्त सूचीका आधारमा विवरण यकिन गरिएको बताइएको छ ।
प्राधिकरणका अनुसार बाढीमा परी कुल ५ हजार २८५ जना बेपत्ता भएका थिए । त्यस मध्ये हालसम्म ३ हजार ९१५ जनाको मात्र विवरण यकिन भएको छ भने अझै १ हजार ३७० जनाको विवरण यकिन हुन बाँकी रहेको छ ।
बेपत्ता व्यक्तिको संख्या तथा विवरण पूर्ण रूपमा यकिन हुन नसक्दा प्रभावित परिवारले कानुनी रूपमा मृत्यु दर्ता गराउन, राहत तथा क्षतिपूर्ति प्राप्त गर्न कठिनाइ भोग्दै आएका छन् । सरकारबाट मृत घोषणा भएपछि सम्बन्धित परिवारलाई कानुनी प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
यसैबीच, बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि १ हजार १४८ शवबाट डीएनए नमुना संकलन गरी जमिनमुनि व्यवस्थापन गरिएको थियो । तर, ती शवको डीएनए परीक्षणबाट आफन्त सँग मिलान गरी पहिचान गर्ने प्रक्रिया अझै पूरा भएको छैन ।
गएको भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो । बाढीमा परी हजारौं व्यक्ति बेपत्ता भएपछि प्रभावित परिवारले लामो समयदेखि आफन्तको कानुनी पहिचान र राहतको प्रतीक्षा गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।