रौतहट एक्सपोमा भएको तोडफोडको जिम्मेवार को ?

0 Shares

गौर स्थित चर्चित गौर राइस मिल्स परिसरमा आयोजित रौतहट एक्सपो–२०८३ मा बिहीबार राति भएको ताण्डपको घटनाबाट एक्सपोको व्यवस्थापन, सुरक्षा प्रबन्ध र आयोजकको जिम्मेवारी माथि गम्भीर प्रश्न खडा गरेका छन् ?
मनोरञ्जन, व्यापार प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्य सहित आयोजना गरिएको एक्सपो अन्ततः विवाद र असुरक्षाको विषय किन बन्न पुगे ।
घटनाको जति भत्र्सना गरे पनि कम हुन्छ । तर घटनाको विरोध गर्नु मात्रै पर्याप्त छैन । आखिर एक्सपो परिसरमा तोडफोड र हुलहुज्जतको अवस्था किन सिर्जना भयो ? तिन हजार भन्दा बढि दर्शक उपस्थित भएको कार्यक्रममा सुरक्षा व्यवस्था किन प्रभावकारी हुन सकेन ? यसको जवाफ आयोजक र सम्बन्धित निकायले दिनैपर्छ कि पदैनन् ।
‘रौतहट एक्सपो’ नाम दिएर आयोजना गरिएको मेलाको मुख्य उद्देश्य स्थानीय उद्योग, व्यापार, उत्पादन तथा निर्माण सामग्रीको प्रवद्र्धन हुनुपर्ने हो । तर मेलामा स्थानीय उत्पादन र निर्माण सामग्रीका स्टललाई कति प्राथमिकता दिइयो भन्ने प्रश्न उठेको छ ? स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नाममा आयोजना गरिएको एक्सपोमा स्थानीय व्यवसायी र उत्पादकको सहभागिता तथा अवसरबारे स्पष्ट जवाफ आवश्यक छ ।
स्थानीय उत्पादनको प्रवद्र्धन भन्दा मनोरञ्जन र कलाकारको प्रस्तुतिलाई बढी प्राथमिकता दिइएको हो कि भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । विवादित कलाकारलाई स्टेजमा प्रस्तुत गरेर दर्शक आकर्षित गर्ने प्रयास गरिए पनि दर्शकको सुरक्षा र कार्यक्रम व्यवस्थापनमा भने पर्याप्त ध्यान नदिइएको देखियो ।
टिकट बिक्रीमा ध्यान, सुरक्षामा बेवास्ता ?
एक्सपो परिसरमा प्रवेश गर्ने दर्शकको सुरक्षा सुनिश्चित गर्नु आयोजकको पहिलो दायित्व थिए । तर प्रवेशद्वारमा प्रभावकारी चेकजाँचको व्यवस्था किन गरिएन ? मेला परिसरमा प्रवेश गर्ने व्यक्तिको निगरानी कसले गरिरहेको थियो ? सम्भावित झडप र अवाञ्छित गतिविधि रोक्न सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको थियो कि थिएन ? यी प्रश्नको जवाफ आयोजकले दिनुपर्छ ।
मेलामा साना बालबालिका सहित सयौं महिला तथा सर्वसाधारण सहभागी भएका थिए । यस्तो संवेदनशील अवस्थामा सुरक्षा व्यवस्थालाई सामान्य रूपमा लिन मिल्दैन । बिहीबार रातिको घटनामा कुनै निर्दोष दर्शक, महिला वा बालबालिका घाइते भएको भए त्यसको जिम्मेवारी कसले लिने थियो ? यो केवल काल्पनिक प्रश्न होइन, सार्वजनिक कार्यक्रमको सुरक्षा व्यवस्थापनसँग जोडिएको गम्भीर विषय हो ।
रौतहट उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघको संलग्नतामा आयोजना गरिएको एक्सपोको व्यवस्थापन तथा सञ्चालन बारे दुवै संस्थाले स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक छ । कार्यक्रमको सुरक्षा योजना, प्रवेश व्यवस्थापन, भीड नियन्त्रण र सम्भावित जोखिम न्यूनीकरणका लागि के–कस्ता तयारी गरिएको थियो भन्ने कुरा सार्वजनिक हुनुपर्छ ।
स्थानीय प्रशासनको भूमिकामाथि पनि प्रश्न
यस घटनामा स्थानीय प्रशासन पनि जिम्मेवारीबाट पन्छिन मिल्दैन । सार्वजनिक स्थलमा ठूलो संख्यामा मानिस सहभागी हुने मेला सञ्चालनका लागि अनुमति दिँदा सुरक्षा तथा शान्ति सुव्यवस्थाको विषयलाई प्राथमिकतामा राख्नुपर्ने थिए ।
यदि आयोजकले पर्याप्त सुरक्षा व्यवस्था गर्न सकेको थिएन भने मेला सञ्चालनको अनुमति कुन आधारमा दिइयो ? अनुमति दिनुअघि सुरक्षा योजना र आवश्यक व्यवस्थापनको अनुगमन गरिएको थियो कि थिएन ? मेला अवधिभर प्रहरी परिचालन र निगरानीको व्यवस्था कस्तो थियो ? प्रशासनले यी विषयमा जवाफ दिनुपर्छ ।
तर, घटनाको निष्पक्ष छानबिन नगरी आयोजक वा प्रशासनलाई मात्र दोषी ठहर गर्नु पनि उचित हुँदैन । तोडफोड र हुलहुज्जतमा संलग्न व्यक्तिको पहिचान गरी कानुनअनुसार कारबाही गर्नु उत्तिकै आवश्यक छ ।
एक्सपोको उद्देश्य बदनाम गर्ने गतिविधि स्वीकार्य हुँदैन

केही उच्छृङ्खल व्यक्तिको गतिविधिका कारण रौतहट एक्सपोको प्रतिष्ठामा आँच पुगेको छ । सार्वजनिक कार्यक्रममा असहमति वा विवाद भए त्यसको समाधान कानुनी र शान्तिपूर्ण प्रक्रियाबाट खोजिनु पथ्र्यो । तोडफोड, हिंसा र अराजकता कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन ।
घटनामा संलग्न व्यक्तिको पहिचान गरी निष्पक्ष अनुसन्धान मार्फत दोषीमाथि कानुनी दायरामा ल्यानुपर्छ । साथै, आयोजकले पनि आफ्नो व्यवस्थापकीय कमजोरी भए त्यसको जिम्मेवारी लिनुपर्छ ।
रौतहट एक्सपो केवल मनोरञ्जन र टिकट बिक्रीको माध्यम बन्न पुग्यो । यसले स्थानीय उत्पादन, उद्योग, व्यापार र निर्माण क्षेत्रलाई प्रोत्साहन गर्दै जिल्लाको आर्थिक गतिविधिमा योगदान पुर्याउन सक्नुपथ्र्यो ।
बिहीबार रातिको घटनाले आयोजक, रौतहट उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ र स्थानीय प्रशासन सबैलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ ।
स्मरण रहोस की विगत १५ बर्ष अघि राइस मिल्समा उद्योग वाणिज्य संघले आयोजना गरेका कार्यक्रमको अन्त्य अन्त्य तिर यस्तै भाँडिने प्रयास भएका थिए । उक्त समयमा निर्दोष व्यक्तिको ज्यान गएका थिए । दुई बर्ष अघि पनि राइस मिलमा मेला लागेका थिए त्यो पनि असफल भए आयोजकलाई ठूलो घाटा लागेको थियो ।
यति हुँदा हुदै विगतको अवस्थाबाट सबक नलिई गरिएको रौतहट एक्सपोको अन्ततः दुखद रुपमा विचमै टुंगिने अवस्थामा आएको हुँदा दोषिहरुको यथार्थ पहिचान गरेर पर्दा पछाडीका मास्टर माइडहरुलाई कानुनी कठघेरामा ल्याएर गौर राईस मिल्सको निधारमा लागेको कलंकलाई मेटाउन आवश्यक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।