वीरगञ्ज, १० मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उदघाटनबाट बार्षिक रुपमा एक अर्ब ८० करोड ढुवानीमा बचत हुने भएका छन् ।
गएको सोमवार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीले स्विच थिचेर दोस्रो चरणका उदघाटन संगै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको आयात समेत सुरु भएका हुन् ।
दोस्रो चरणअन्तर्गत अमलेखगञ्ज डिपोमा पेट्रोल र डिजेल भण्डारणका लागि चारवटा नयाँ ट्यांकी सहित ट्रान्समिक्स ट्यांकी, कन्ट्रोल रुम तथा स्वचालित लोडिङ प्रणाली निर्माण गरिएको छ ।
महत्वाकाँक्षी यस आयोजनाले नेपालको इन्धन आपूर्ति सहज बनाउनुका साथै ढुवानी लागत घटेका छन् । निगमका अनुसार पाइप लाइनबाट पेट्रोल आयात गर्दा प्रतिलिटर करिब २ रुपैयाँ ५० पैसा ढुवानी खर्च बचत भएको छ । यसबाट वार्षिक करिब १ अर्ब ८० करोड रुपैया बचत हुने निगमले जनाए ।
अमलेखगञ्ज डिपोले नेपालको कुल पेट्रोलियम मागको करिब ७५ प्रतिशत सम्म आपूर्ति व्यवस्थापन गर्दै आए । पाइपलाइन सञ्चालनले ट्यांकर माथिको निर्भरता, इन्धन चुहावट, चोरी तथा ढुवानी जोखिम समेत लाई कम गरेको छ ।
भारतको मोतिहारी देखि बाराको अमलेखगञ्ज सम्म ६९ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको छ । २०१९ मा पहिलो चरण सञ्चालनमा आएको यस आयोजनाको दोस्रो चरणले नेपालको पेट्रोलियम भण्डारण तथा वितरण प्रणालीलाई थप विस्तार गर्ने लक्ष्य रहेको छ ।