0
Shares
रौतहट, १२ मंसिर । नेपाली कांग्रेस देउवा पक्ष रौतहटको जिल्ला सभापतिमा रविन्द्रचन्द्र कोइरालालाई सर्वसम्मत चयन गरेको छ ।
चन्द्रनिगाहपुरमा सम्पन्न भएको जिल्ला अधिवेशनले कोइरालालाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो
अधिवेशनको उदघाटन कांग्रेस नेता शशांक कोइरालाले गरेका थिए । सभापतिमा कोइराला सर्वसम्मत चयन भए पनि अन्य पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्यहरूको चयन भने पछि गरिने बुझिएको छ ।
जिल्ला अधिवेशनको उदघाटन गर्दै कांग्रेस नेता शशांकले पार्टीभित्र एकता कायम गर्दै संगठनलाई थप सुदृढ बनाउन महाधिवेशन महत्वपूर्ण अवसर भएको बताए ।
देउवा पक्षीय महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका शशांकले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरे ।