रौतहट । हिन्दी फिल्मको रिलिज लाइनअप सार्वजनिक भए सँगै यसको चर्चा नेपालमा समेत उस्तै छ । डेढ बर्ष लामो कोरोना महामारीबाट थला परेको अवस्थामा विस्तारै सलबलाउन थालेको मनोेरञ्जन नगरीका लागि हिन्दी चलचित्रकोे लाइनअपले राहत दिने धेरैले अनुमान गरेको छ ।
तर, बलिउडमा पनि यी सबै फिल्मले सुखद व्यापार गर्ने संभावना धेरै कम देखिन्छ । किनकी, तिहारबाट सुरु हुने बलिउड चलचित्रकोे रिलिजको लाइनअप करिब २ बर्ष सम्मलाई तय गरिएको छ । बलिउडमा निक्कै महंगो लगानीमा बनेका चलचित्रहरुको रिलिज लाइनअप हेर्दा अधिकांशले एक साता भन्दा बढी समय नपाउने देखिन्छ ।
यो बर्षको क्रिसमसदेखि एक महिनाको लाइनअप हेर्ने हो भने पनि ६ ठूला चलचित्र रिलिज हुँदैैछन् । क्रिसमसमा नायक रणवीर सिंह अभिनित चलचित्र ‘८३’ र साउथ स्टार अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा’ रिलिज हुँदैछ । यी दुई चलचित्र रिलिज भएको एक सातापछि नायक साहिद कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘जर्सी’ डिसेम्बर ३१ मा रिलिज हुँदैछ ।
यसैविच, निर्देशक संजयलिला भन्सालीले चलचित्र ‘गंगुबाई काठियाडवाडी’को प्रदर्शन मिति तय गरेका छन् । यो चलचित्र सन् २०२२ को जनवरी ६ मा रिलिज हुने पक्का भएको छ । चलचित्रमा आलिया भट्ट शिर्ष भूमिकामा छिन् । यो चलचित्र रिलिज भएको एक साता पछि अर्थात जनवरी १४ मा साउथका स्टार प्रभाष र नायिका पूजा हेग्डे अभिनित चलचित्र ‘राधे श्याम’ रिलिज हुने तय गरिएको छ । यो चलचित्र रिलिज भएको एक सातापछि नायक अक्षय कुमार र नायिका मानुषी छिल्लर अभिनित चलचित्र ‘पृथ्वीराज’ रिलिज हुँदैछ ।
यसरी हेर्दा, एक महिनामा ६ ठूला चलचित्र रिलिज हुने पक्का छ । यसले, हरेक चलचित्रलाई हलमा एक सातामै बम्पर व्यापार गर्नुपर्ने वाध्यता देखिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन