कास्टिङ काउचको बहानामा किस गर्ने प्रयास गरेको ः अभिनेत्री जरीन खानको खुलासा

रौतहट, २० जेठ । बलिउड अभिनेत्री जरीन खानले फिल्म अभिनय अगाडी रिहर्सलको बहानामा आफुलाई किस गर्ने प्रयास गरिएको बताएकी छिन् ।
हालै उनले दिएको एक अन्तवार्तामा कास्टिङ काउचको अनुभव शेयर गर्दै यस्तो कुराको खुलासा गरेकी हुन् । उनले भनिन ‘कास्टिङ काउचबाट रिहर्सलको बहानामा मलाई किस गर्ने प्रयास गरिएको थियो तर सफल भएनन ।’
त्यो व्यक्तिको नाम आफु अहिले भन्न नमिल्ने बताएकी जरिले अगाडि थपिन ‘ती ब्यक्तिले मलाई भनेका थिए, तपाइँलाई थाहा छ, हामी एक किस सिन गर्दैछौ ।’ आफुले रिहर्सलको रुपमा केही पनि किसिङ सिन नगर्ने सो बेलामा बताएको उनले सुनाइन् ।
जरीन पछिल्लो समयमा बलिउडकी चर्चित अभिनेत्री मध्येकी एक हुन् । उनी सधै आफ्नो फिट्नेसको कारण समेत चर्चामा छाउने गर्छिन् । उनी आफ्नो बारेमा खुलेर बोल्ने अभिनेत्री पनि हुन् । २०१० को फिल्म ‘वीर’ मार्फत अभिनयमा डेब्यु गरेकी जरीन फिल्ममा सलमान खानको अपोजिट भूमिकामा थिइन् । त्यसपछि ‘हेट स्टोरी ३’, ‘हाउस फुल २’, ‘अक्सर २’ र ‘वजाह तुम हो’ लगायत फिल्म अभिनय गरेकी जरीन पछिल्लो समय फिल्म ‘हम भि अकेले, तुम भि अकेले’ मा देखिएकी थिइन् ।