बलिउड चलचित्रका सफल निर्देशक संजयलिला भन्सालीको बन्न लागेको चलचित्र बैजु बाबराको लागि रणविर बराबरको पारिश्रमिक मागेपछि दिपिकालाई हटाइएको छ ।
भारतीय संचारमाध्यमहरुको अनुसार, बैजु बाबरा चलचित्रका लागि नायिकाको रुपमा दीपिका पादुकोणलाई अफर गरिएको थियो । तर, दीपिकाले रणवीर बराबरको पारिश्रमिक माग गरेकी छिन् । दीपिकाले रणवीर बराबरको पारिश्रमिक माग गरेपछि निर्देशक भन्सालीले उक्त रकम नदिने भएपछि यो प्रोजेक्टबाट बाहिरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
संजयलिला भन्सालीको ‘रामलीला’ नामक चलचित्रबाट नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको प्रेम सुरु भएको थियो । यो जोडीले संजयका हिट चलचित्रमा एकसाथ काम पनि गरेको छ । ‘बैजू वावरा’ बनाउने तयारीमा छन् । यो चलचित्रका लागि नायक रणवीर सिंह फाइनल भैसकेका छन् ।
दीपिका बलिउडकी सफल नायिका हुन् । तर, निर्माणपक्ष उनलाई रणवीर बराबरको पारिश्रमिक दिन तयार छैन । यसैले, पनि उनी अब यो चलचित्रमा नरहने रिपोर्टमा उल्लेख छ । तर, यो बिषयमा चलचित्रको निर्माणपक्षले भने केही प्रतिक्रिया जनाएको छैनन् ।