विहार से काठमाण्डु नामक भोजपुरी चलचित्रको सुटिङ विरगंजमा

   अशोज १६, २०७८  
1.2K Shares

रौतहट । प्रदेश नम्वर २ को आर्थिक नगरी विरगंजमा ‘बिहार से काठमाण्डु’ नामक चलचित्रको सुटिङ सुरु भएको छ ।
आशुतोष फिल्म प्रोडक्सन प्रा.लि. एण्ड नमस्ते नेपाल इन्टरटेनमेन्टले बनाउन लागेको यो चलचित्रको छायांकन बिहिबार देखि सुरु गरिएको हो । नविनकुमार अग्रवालको प्रस्तुतीमा बन्न लागेको चलचित्रलाई नारायण दत्त उपाध्यायले निर्देशन गर्दैछन् ।
चलचित्रमा विरगंजकै गोपाल पौडेल र किरण सरकारले लगानी गरेका छन् । चलचित्रका लािग करिब १ करोड बजेट खर्च गरिने निर्माता किरणले बताए । किरणले भोजपुरी सस्कृतिको प्रवद्र्धनका लागि चलचित्र बनाउन लागेको बताउँदै परिवार नै बसेर हेर्न मिल्ने कथामा चलचित्र बन्ने बताए ।
भोजपुरी नायक परदेशी साहको साथमा नायिका एलिना बाँस्कोटाले यो चलचित्रमा मुख्य भूमिकामा निर्वाह गरिरहेकी छिन् । कोरोना महामारीका कारण थला परेको चलचित्र जगतलाई यो चलचित्रले उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै