२ सय करोड भारतीय रुपैया ठगी गरेको आरोपमा बलिउडको २ अभिनेत्रीलाई इडीको समन

   १ कार्तिक २०७८, सोमबार १८:२२  

एजेन्सि
रौतहट, १ कार्तिक । २ सय करोड भारतीय रुपैयाँ ठगी गरेको तथा फिरौती मामिलामा दुई बलिउड अभिनेत्रीलाई ईडीले सोधपुछको लागि बोलाएको छ ।
बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज र नोरा फतेहीलाई इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले रकम ठगीको आरोपमा सोधपुछका लागि बोलाएको हो । उक्त मामिलामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नहरुलाई ईडीले सोधपुछ गरिरहेको बताइएको छ । सुकेश चन्द्रशेखरले रनबक्सीका पूर्व प्रमोटर शिविन्दर सिंह र मलविन्दर सिंहलाई २ सय करोड रुपैयाँ ठगी गरेको आरोप छ । श्रीलंकाली नायिका उनको पत्नी लिना पाउलसँगको सम्बन्धको कारण यस मुद्दामा मुछिएकी हुन् ।
गत अगस्त २४ मा चेन्नई स्थित लिनाको घरमा छापा मारेर एजेन्सीले ८२.५ लाख रकम तथा दर्जनौँ महँगा गाडी बराबद गरिसकेको जनाएको छ । दिल्ली प्रहरीले २ सय करोड रुपैयाँ ठगी र फिरौतीको उजुरी दर्ता गरेको आधारमा यो छानबिन अघि बढाइएको बताइएको छ । चन्द्रशेखर १७ वर्षको उमेरदेखि अपराधको दुनियाँमा प्रवेश गरेको यो सबै घटनाको मास्टरमाइन्ड रहेको ईडीले बताए । उनी विरुद्ध अन्य दर्जनौँ मुद्दा पनि रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै