what to download for zoom zoom pro app download zoom app lawsuit zoom digital signage download zoom app install

पुष्पा द राइज को हिन्दी भर्सन अमेजन प्राइममा भिडियो रिलिज

   ३० पुष २०७८, शुक्रबार १६:०९  

रौतहट, ३० पुस । बलिउडको बक्स अफिसमा धमाका मच्याएको साउथ इण्डियन चलचित्र “पुष्पा द राइज” को हिन्दी भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको छ ।
मूल रुपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा डब भर्सनमा यस अघि नै बनेर प्रदर्शन भईरहेको हो ।
साउथको सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको मुख्य भूमिका रहेको ‘पुष्पा’ को निर्देशन सुकुमारले गरेको छ । हिन्दी बाहेक अन्य भाषामा भने यो चलचित्र एक साता अघि नै प्राइम भिडियोमा रिलिज भइसकेको छ ।
‘पुष्पा’ को हिन्दी भर्सनलाई प्राइम भिडियोले गएराति १२ बजे रिलिज गरेको हो । हिन्दीका दर्शकहरुले यो चलचित्र हेर्दा अंग्रेजीमा सब–टाइटल पनि देख्नेछन् । गत जनवरी ७ मै ‘पुष्पा’ लाई हिन्दीमा समेत ओटीटीमा रिलिज गर्ने तयारी भएपनि बक्स अफिसमा धमाका मच्चाइरहेकाले यसका निर्माताले एक सातापछि मात्र प्रसारण गर्न आग्रह गरेका थिए ।
‘पुष्पा’ ले हिन्दी भर्सनमा मात्रै हालसम्म ८० करोड भारतीय रुपैया भन्दा बढीको कमाइ गरिसकेको छ । यो चलचित्र सिनेमा हलमा डिसेम्बर १७ देखि प्रदर्शनमा आएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै