सुपुष्पा भट्टको बोल्ड दृष्य

   ४ माघ २०७८, मंगलवार ०७:१७  

रौतहट, ४ माघ । नेपाली चलचित्र “चपली हाइट ३” मा अभिनेत्री सुपुष्पा भट्टको बोल्ड भूमिका देखिदा उनी अहिले निकै ट्रोल बनेकी छिन् । डान्स क्लबमा काम गर्ने युवतीको भूमिकामा देखिएकी सुपुष्पाको विकिनी दृश्य चलचित्रमा समावेश गरिएको हो ।
चलचित्रमा छोटो तर महत्वपूर्ण भूमिकामा काम गरेकी सुपुष्पाले आफूलाई फरक शैलीमा प्रस्तुत गरेकी छन् । चलचित्र ‘रणवीर’ र ‘छ माया छपक्कै’ मा उनलाई हेरेका दर्शकले भने ‘चपली हाइट ३’ हेर्दा केही फरक महसुस गर्छन् । किनकि, चलचित्रमा दर्शकले उनलाई हेर्न मात्र पाउँछन्, उनको आवाज सुन्न पाउँदैनन् ।
अर्जुन कुमारको निर्माणमा तयार भएको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सरकारले माघ १५ गतेसम्म सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेसँगै यो चलचित्रको रिलिज पनि स्थगित भएको छ । निर्माता अर्जुन कुमारले हल खुलेसँगै चलचित्र फेरि रिलिज हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै