कोरोनाको कारण हाम्रो पुस्तालाई धेरै असर पार्यो अभिनेत्री केकी अधिकारी

   ४ माघ २०७८, मंगलवार ०७:२२  

रौतहट, ४ माघ । नेपाली चलचित्रको अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले गर्दा आफूहरुको पुस्तालाई ठूलो क्षति पु¥याएको बताएकी छन् ।
सञ्चारकर्मीहरु संग संक्षिप्त कुराकानी गर्दै उनले भनिन कोरोना महामारीबाट प्रभावित बनेको दुई वर्षको अवधिमा सबैभन्दा बढी हाम्रो पुस्तालाई प्रभाव पारेर पीडित बनाएको हो
मलाई कोरोनाका कारण हाम्रो जेनेरेसनलाई सबैभन्दा बढी घाटा लागेको छ जस्तो लाग्छ । किनकि, हामीपछि पनि तीनवटा जेनेरेसन आइसकेको छ, उनले भनिन्, अब वर्षमा कतिवटा चलचित्र बन्लान् र त्यसमा हामी कति अटाउँछौं भन्ने प्रश्न उठ्नु स्वभाविकै हो जस्तो लाग्छ । केकीले अहिले आफू अरु चलचित्रलाई पर्खिने कि आफैं निर्माण गर्ने भन्नेमा दोधारमा रहेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै